भारतले चलखेल बढाएको कोइराला सरकारको निश्कर्ष, बिराटनगरको भारतीय क्याम्प र वीरगञ्जको वाणिज्य दूतावास सरकारी निगरानीमातराई मधेसमा बढ्दो हिंसात्मक झडपसँगै भारतीय भूमिकालाई लिएर सरकारी अधिकारीहरु असन्तुष्ट । विषेश गरी वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावास र बिराटनगरमा सरकारी अनुमितिविनै सञ्चालित भारतीय क्याम्प अफिसका अधिकारीको भूमिका शंकास्पद रहेको सरकारी अधिकारीको निश्कर्ष ।
केही साताअघि इटहरीमा भएको हिन्दुवादीहरुको प्रदर्शनका बेला बिराटनगरमा अवस्थित भारतीय क्याम्प अफिसको सहयोग रहेको स्थानीय प्रशासनले पत्तो लगाएको थियो । रअका पूर्वअधिकारी आरके सिंह बिराटनगरको जेनियल होटलमा केही दिन बसेका थिए ।
स्थानीय गुप्तचर अधिकारीहरुका अनुसार नेपाल सरकारले पत्र लेख्दासमेत अटेर गरी कार्यालय सञ्चालन गरेर बिराटनगरमा बसेको भारतीय क्याम्पले नेपालको आन्तरिक मामिलामा सुराकी गर्ने र सरकार विरुद्ध आन्दोलनमा उत्रेका राजनीतिक दलका कार्यकर्तासँग सम्पर्क गर्ने गरेको पाइएपछि उनीहरुको गतिविधिमाथि सरकारले निगरानी बढाएको गृह मन्त्रालय स्रोतले बतायो ।त्यसैगरी वीरगञ्जमा रहेको वाणिज्य दूतावासले पनि नेपालको आन्तरिक मामिलामा चलखेल बढाएको भन्दै सुरक्षा निकायले उनीहरुको गतिविधिमाथि निगरानी बढाएको बताइएको छ ।
यसैवीच वीरगञ्जका केही उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री कार्यालयमा टेलिफोन गरेर त्यहाँ आन्दालनेकारी नेतालाई आर्थिक सहयोग गर्ने उद्योगहरु सुचारु रहेका र अन्यलाई बन्द गरिएको गुनासो पोखेका छन् ।
वीरगञ्जमा पहिलो मधेस आन्दोलनलाई सम्बोधन गरेर संघीयता प्रदान गरेका गिरिजाप्रसाद कोइरालाको शालिकसमेत ढालिएको र महोत्तरीमा कांग्रेसको कार्यालय जलाइएको घटनालाई नेपाली कांग्रेस गम्भीरतापूर्वक लिएको एक नेताले बताए ।
No comments:
Post a Comment