Friday, September 25, 2015

नेपाली को अगाडी भारत ले धुडा टेकेकै हो त ?

पछिल्लो समय दिल्लीका विरुद्धमा खरो रुपमा खनिन थालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव दिएका छन् । ओलीले आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भनेका छन्
“दिल्लीमा पानी पर्छ नेपालमा छाता ओडेर वर्षातबाट बच्न सकिदैन । तसर्थ अरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेर आदेश दिनु भन्दा त्यो आदेश आफ्नो देशमा कार्यन्यवन गर्न र गराउन सक्नुपर्छ । भारत हाम्रो केन्दिय राज्य होइन हामीलाई बारमबार आदेश दिन छिमेकी आफ्नो ठाँउमा बस्नुपर्छ । हामी आफ्नो ठाँउमा हाम्रो तरिकाबाट चित्त बुझाऊछौ ।यो सात बुदे सहमति कुनै हालतमा पुरा हुदैन ।”
भारतीय अखबारमा आएको यो सात बुदे सहमति कुनै हालतमा पुरा नहुने समेत उनले उल्लेख गरेका छन् । नेपालको आन्तरिक मामिलामा अनावश्यक दबाब दिएको भन्दै ओली सहित शीर्ष तीन दलका शीर्ष नेताले खुलेर बिरोध गर्दै आए पनि नेपालमा अत्यधिक बहुमतले संविधान बनाइसकेको र शीर्ष ३ दलको सर्मथनमा नै ओली प्रधानमन्त्री बन्ने निश्चित प्राय भएका बेला भारतका विरुद्धमा अभिव्यक्ति दिनुलाई गम्भिरताका साथ हेरीएको छ र भारत ले संविधान संशोधनका लागि ७ बुँदे लिखित प्रस्ताव पेश गरेको सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि त्यसको खण्डन गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारत सरकारले नेपालको संविधान संशोधन गर्न कुनै बुँदा पेश नगरेको स्पष्ट पारेको हो ।
भारतबाट प्रकाशित हुने दैनिक पत्रिका ‘इन्डियन एक्सप्रेस’ को बुधबारको अंकमा भारतले नेपालको संविधानमा संशोधन गर्नका लागि राखेका सात बुँदा भन्दै प्रमुख समाचार छापिएको थियो ।
सोही विषयलाई लिएर नेपाली सञ्चारमाध्यमहरुले पनि समाचार प्रकाशन तथा प्रसारण गरेपछि भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा, ‘भारत हिंसामुक्त वातावरणमा संवादमार्फत् नेपालमा संविधानबारे उठेका समस्याको समाधान भएको हेर्न चाहन्छ,’ भनिएको छ ।
भारतले पछिल्लो समयमा नेपालको आन्तरिक मामलामा गरेको ठाडो हस्तक्षेपपछि सबैतिरबाट चर्को विरोध हुनुका साथै निकृष्ठ कूटनीतिक सीमा नाघेको आरोप लागेपछि भारत पछि हटेको बिस्लेसक हरु को धारणा छ । नेपाली को अगाडी भारत ले धुडा टेकेकै हो त ? 

No comments:

Post a Comment