Saturday, September 5, 2015

सरकारी कर्मचारी भएर थरुहटको आन्दोलनको नेतृत्व गरिरहेका धनीराम चौधरीलाई कारवाहीको प्रक्रिया सुरु ! (लालबाबु पण्डित )

लालबाबु पण्डितले सबैले अगाडि सारेको माग संविधानमा समेटिने हो भने नेपालको नयाँ बन्ने संविधान भारतको भन्दा पनि दश गुणा ठूलो हुने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले मधेशको अधिकांश मागहरू मुल रुपमा सम्बोधन भइसकेकोले अब नमिलेका कुराहरू विस्तारै पछि मिल्दै जाने र उहाँले सीमाङ्कनमा रहेका असन्तुष्टिहरू आयोग बनाएर सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री पण्डितले भन्नुभयो, ‘सीमाङ्कनमा देखिएका असन्तुष्टि विज्ञहरूको आयोग बनाएर सम्बोधन गर्नुपर्छ । अहिले सात प्रदेशरहेको संविधान जारी गर्नुपर्छ ।’
सडकबाट संविधान घोषणा गरेर लागू हुन नसक्नेभन्दै अहिले संविधान जारी गर्न लोकतन्त्र, गणतन्त्र र संघीयतावादीहरू एक ठाँउमा उभिनु पर्ने पण्डितले बताउनुभयो ।
मन्त्री पण्डितले अहिलेसम्म डीभी र पीआर लिने कर्मचारीहरूमध्ये जागिर छाड्न चाहेका र छाडिसकेकाको संख्या ६२ पुगिसेकेको बताउनुभयो । उहाँले अहिलेसम्म डीभी, पीआर त्याग्नेको संख्या १०, परिवारसँग डीभीपीआर भएको जानकारी दिने ७, परित्याग गर्न चाहेको १० र जागिरबाट राजीनामा दिनेको संख्या ४ रहेको उहाँले बताउनुभयो ।
उहाँले संयुक्त सरकारको बाध्यतामा परेकोले अहिले नै पेन्सन रोक्न नसकेको जानकारी दिँदै प्रहरी, सेना, टेलिकम र विश्वविद्यालयसमेत पीआर र डीभीको विषयमा परिपत्र गरिसकेको बताउनुभयो ।
मन्त्री पण्डितले सरकारी कर्मचारी भएर थरुहटको आन्दोलनको नेतृत्व गरिरहेका धनीराम चौधरीलाई कारवाहीको प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी कर्मचारी धनीराम चौधरीका विषयमा कारबाही प्रक्रिया अघि बढेको छ । उहाँलाई बर्खास्तीसम्म हुन सक्छ ।

No comments:

Post a Comment