Wednesday, September 23, 2015

असामान्य रोग को सामान्य बिधि बाट उपचार !

असामान्य रोग को सामान्य बिधि बाट उपचार ! प्राकृतिक जडिबुटीको प्रयोगले हाम्रो शरीररका आधा रोग निको पार्छ । जडिबुटीको सहि प्रयोग र सदुपयोग गर्न नजान्दा  अस्पताल र चिकित्सकहरुको भर पर्नुपर्ने हुन्छ । हाम्रो वरीपरी पाईने त्यस्ता जडिबुटी छन् जसले हाम्रा शरीरमा लाग्ने कयौँ रोगहरु निको पार्छ । ती जडिबुटी मध्ये एक हो पीपल । आयुर्वेदमा पीपलको रुखलाई औषधीको भण्डारको रुपमा लिने गरीन्छ । पीपल कयौँ किसिमका रोगहरुको उपचारमा लाभकारी हुन्छ । पीपलको कोमल डाँठ अथवा कलिलो पात चपाउनाले मुखको छाला, दुर्गन्ध वा गिजा सुनिने जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ । यसका साथै गिजामा रगत आएमा पीपलको पातको नरम डाँठलाई धनियाँ वा शख्खरसंग चपाउँदै विस्तार विस्तारै त्यसको रस खानाले आराम मिल्छ ।यदि तपाई पिसाबको संक्रमण ( यूरीन ईन्फेक्शन ) बाट आजित हुनुहुन्छ भने ५–७ वटा हरियो पीपलको पात २५० मिलिलीटर पानी राखेर पिँधने । यसमा १ चम्चा पिँधेको मिश्री मिलाएर बिहान बेलुकी खानाले राहत मिल्छ । लगभग १० पीपलको कलिलो पातलाई १०० ग्राम दुधसंग मिलाएर राम्रोसंग उमाल्नुहोस । यसलाई छानेर स्वादअनुसार पिँधेको मिश्री मिलाएर बिहान नाश्ताको समयमा पीउनाले स्मरणशक्तिमा कमी र तनाव जस्ता समस्या छुट्कारा पाउन सकिन्छ ।

No comments:

Post a Comment