Wednesday, September 23, 2015

जंगलमा प्रेमीसँग बसिरहेकी किशोरीलाई नियन्त्रणमा लि सामूहिक बलात्कार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र एक किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलत्कार गर्ने ६ जना अभियुक्तहरु । पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । राति बीपी प्रतिष्ठानदेखि पश्चिमको
जंगलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरिएको थियो ।
घटनापछि प्रहरीले एक दर्जन व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा ६ जनाले सामूहिक बलात्कार गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ । पक्राउ पर्नेहरुमा धरान–१७ का समिर राई, प्रितेश लिम्बु, आकाश लिम्बु, धनकुटा बेलहरा गाविसका विटु राई, धनकुटाकै भेडेटार गाविसका विकेश राई र भोजपुर नगरपालिकाका विपिन राई छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको थियो । 

No comments:

Post a Comment