Friday, September 4, 2015

बैदेशिक रोजगारका नाममा सरकारबाटै ठगिएका वैदेशिक रोजगारमा जाने नेपाली युवा आर्थिक मारमा ।

वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने नेपाली कामदार श्रम तथा रोजगार मन्त्रालयकै सहयोगमा ठगिने स्रोत अनुसार जानकारी ।
सरकारले एक सय नौ देशमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर जान खुला गरेको थियो । बहुसंख्यक नेपाली कामदारका रूपमा मलेसिया र खाडी मुलुक जाने गरेको पाइयको छ  ।
सरकारले मलेसियाका लागि ८० हजार र साउदी अरबबाहेक खाडी देशका लागि ७० हजार रुपैयाँ सिलिङ निर्धारण गरेको छ । तर, यो सिलिङ तयार गरे पनि खर्च कम लाग्छ स्रोत अनुसार  ।
अझ व्यवसायीले रोजगारीका लागि मलेसिया जाने कामदारसँग सरकारले तोकेको सिलिङभन्दा २८ हजार सात सय ७५ र खाडी देशमा जानेसँग २६ हजार तीन सय रुपैयाँ बढी असुल्छन् ।
साउदी अरबका लागि भने २० हजार सेवा शुल्क निर्धाण गरिएको छ । अझ कामदार माग गरेको साउदी अरबको कम्पनीले कामदारको खर्च व्यहोर्ने गरेको छ ।
तर, व्यावसायीले असुल्ने गरेका छन् । सरकारले लगभग आठ वर्षअघि उक्त सिलिङ तोकेको थियो ।
मलेसिया जानका लागि कामदारले हवाई शुल्क ३० हजार, भिसा प्रोसेसिङ शुल्क तीन हजार नौ सय, स्वास्थ्य परीक्षण दुई हजार ६ सय २५, सेवा शुल्कबापत ५ हजार, म्यादि जीवन बिमा तीन हजार, अभिमुखीकरण तालिम सात सय, वैदेशिक रोजगारी कल्याणकारी कोषमा एक हजार रुपैयाँसहित कुल ४६ हजार दुई सय २५ मात्रै तिर्नुपर्छ । तर, सरकारको सिलिङ ८० हजार छ ।
व्यवसायीले पत्रपत्रिकामा सूचना प्रकाशन गर्न लाग्ने खर्च, कामदारको अन्तर्वार्ता लिन आउनेका लागि लाग्ने खर्च अन्य शीर्षकमा पाँच हजारसहित ५१ हजार दुई सय २५ रुपैयाँ लिने गरेका छन् । तर, त्यसरी अन्य खर्च असुल्न पाइँदैन ।
यति असुल्दा पनि मलेसिया छिर्दा नेपाली कामदार वैधानिक रूपमा नै २८ हजार सात सय ७५ रुपैयाँको ठगीमा पर्छन् । यता, व्यवसायीले ८० हजारको रसिद दिएर न्यूनतम एक लाख २० हजार रुपैयाँ असुल्ने गरेका छन् । त्यति रकम लिने गरेको उनीहरू स्वीकार्छन् ।
यस्तै, मलेसियाको तुलनामा कम लागत लाग्ने भए पनि खाडी देशमा जाने कामदार पनि ठगीको सिकार बन्ने गरेका छन् । हाल खाडी मुलुकमा जान हवाई टिकटको शुल्क ३० हजार, भिसा प्रोसेसिङ खर्च तीन हजार पाँच सय, स्वास्थ्य परीक्षण साउदी र ओमान बाहेक पाँच हजार पाँच सय, म्यादी जीवन बिमा तीन हजार, अभिमुखीकरण तालिम खर्च सात सय, वैदेशिक रोजगार कल्याणकारी कोषबापत एक हजारसहित ४३ हजार सात साय रुपैयाँ लाग्ने गरेको छ ।
सामान्यतया खाडी मुलुकमा जाने कामदारको लागत शुल्क रोजगार दाता कम्पनीले नै व्यहोर्छ । सरकारले खाडी मुलुकमा ७० हजार रुपैयाँ सिलिङ तोकेको छ ।
सरकारले उक्त रकमको सिलिङ तोके पनि व्यवसायीले ७० हजार रुपैयाँको रसिद दिएर न्यूनतम ९० हजार देखि बडी  को रकम असुल्छन् ।
४३ हजार सात साय रुपैयाँमा उक्त देशमा पुग्न सकिने भए पनि सरकारले नै व्यवसायीलाई कामदारसँग २६ हजार तीन सय रुपैयाँ बढी असुल्ने वैधानिकता दिएको छ ।
‘सरकारले वैदेशिक रोजगार ऐन संसोधन गर्दा मलेसियालाई ८० हजार र साउदीका लागि ७० हजार रुपैयाँ लिन अनुमति दिएको रहेछ’, श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले भने,‘संशोधन भएको ऐनका विषयमा केही भन्न मिल्दैन, व्यवसायीले कामदारलाई बढी ठगेको गुनासो आएका कारण मन्त्रालयले शून्य लागतको योजना ल्याएको हो ।’
कामदारसँग व्यवसायीले सेवा शुल्कबापतको १० हजारभन्दा बढी लिन नपाउने बताउँदै सिवाकोटीले थपे,‘उक्त रकम सम्बन्धित कम्पनीले दिएको खण्डमा त्यो पनि लिन पाइँदैन ।’ शून्य लागत राजपत्रमा प्रकाशन गर्न नपर्ने भएका कारण चाडैनै  सूचना प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने उनले दाबी गरे ।
खर्चभन्दा अधिकतम सिलिङ तोकिएका कारण विदेश जानुपूर्व

सरकारबाटै ठगिएका वैदेशिक रोजगारमा जाने नेपाली युवा व्यावसायीले थप रकम असुल्दा ठूलो आर्थिक मारमा पर्छन् ।

No comments:

Post a Comment