Sunday, August 30, 2015

भिनाजू र सालीको भिडियो सार्वजनिक आत्महत्या गर्नुपूर्व अर्काे कुनै विकल्प नै थिएन् ।


श्री दरबार साहिबको अगाडि विष सेवन गरेर आत्महत्या गर्ने भिनाजू र सालीको एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जसमा दुबैले घटनाको सबै कारण खुलाएका छन् ।
दुबै जनाले आत्महत्या गर्नुपूर्व एउटा भिडियो बनाएका थिए, जसमा उनीहरुले भनेका छन् कि कसरी उनका घर परिवारले यस्तो हातलमा पुराए कि मर्नुको सट्टा उनीहरुसँग अर्काे कुनै विकल्प नै थिएन् ।

मृतक साली किरनदीपले भिडियोमा भनेकी छिन् कि–‘उनकी बहिनी र उनका परिवार मिलेर भिनाजूलाई कुटपिट गरेको आरोप लगाएर उनलाई दाइजो माग्न उत्प्रेरित गरेको र उनी आफ्नै दिदीको सौता बनेर भिनाजूसँग सल्किएको भन्ने आरोप लगाएपछि म यो अवस्थामा पुगे ।’
यता किरनदीपका भिनाजू अमृतपाल सिंहले भनेका छन् कि–‘मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा)सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।
भिनाजू र सालीले भनेका छन् कि–‘घरबाट बाहिर निस्क्दिाँ परिवारका कारण भौतारिरहेका थिए, किनकि एकतर्फबाट उनीहरुलाई परिवारबाटै मार्ने हुन कि भन्ने डर थियो भने, दोस्रो तर्फ उनीहरुलाई डर थियो कि कतै पुलिसले समातिहाल्छ कि किनकि पुलिसले उनीहरुका पारिवारका सदस्यको उजुरीमा पहिला पनि पक्राउ गरेर उनीहरुलाई यातना दिएको थियो ।
दुबै जनाले भिडियोमा भनेका छन् कि–‘परिवार, समाज र पुलिसको डरले हामीसँग अब आत्महत्या गर्नुभन्दा अर्काे कुनै विकल्प बचेको थिएन् । र हामी पारिवारका सदस्यहरुको व्यवहारबाट दुःखी भएर यो निर्णयमा पुगेका हौं । यद्यपी यो भिडियो अमृतपालले आत्महत्या गर्नुभन्दा पहिला फेसबुक र यूट्यूबमा अपलोड गरेका थिए । यो घटना भारतको अमृतपुरको हो ।

के यहि नेपाल को मानवता हो ?

गणतन्त्रमा ठूला नेताहरूलाई विलाशी गाडी र सुविधा दिने सोच बनाय , भूकम्पपीडितलाई १५ हजार दिन आनाकानी गर्ने हरु मिलि
 भूकम्पपीडितहरूलाई अस्थायी टहरा बनाउनका लागि १५ हजार रुपैयाँ राहत दिन मुस्किल परिरहेका बेला सरकारले पूर्वराष्ट्रपति देखि पूर्वसभामुखसम्मका पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन विलाशी गाडी, सरकारी आवास तथा सचिवालयसहितको सुविधा दिने कानुनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरायका थिय  ।
विशिष्ट व्यक्ति तथा पूर्व पदाधिकारीलाई सुरक्षा र सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकु संसदबाट पारित भएपछि पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख, राष्ट्रियसभाका अध्यक्षहरूले सरकारबाट आजीवन गाडी, आवास, सचिवालय सुविधा हुने निर्णय थिय  ।
पूर्व गृह मन्त्रीहरूलाई समेत सुरक्षा थ्रेटका नाममा आजीवन गाडी, इन्धन र मर्मत खर्च दिने प्रस्ताव विधेयकमा गरिएको थियो  ।
भूकम्पपीडितहरूलाई राहत, पुनःस्थापना र क्षतिग्रस्त पुनर्संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सुकी दानसमेत लिइरहेको सरकारले विधेयकमा भने पूर्वविशिष्ट पदाधिकारीहरूलाई मन फुकाएर सुविधा दिने प्रस्ताव गरेको थियो  ।
दुर्गम जिल्लामा झाडापखालाको प्रकोप फैलिंदा बेलैमा जीवनजलसमेत पुर्‍याउन नसक्ने सरकारले राजधानीमा आलिसान महल बनाएका र करोडौं सम्पत्ति आर्जन गरिसकेका पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुनी रूपमै आजीवन सुविधा दिन लागेको थियो
के यहि नेपाल को मानवता  हो ? 

नारि लाइ अधिकार दिने चलन देउता को पालो देखिन !

मत भन्छु भगवान लाइ आखा नबनाऊ नत्र भने राम्री-राम्री केटि नबनाऊ  :)
दौरा बनौ भगवान भोटो नबनाऊ लुगा बनाऊ भगवान छोटो नबनाऊ पाइन्ट बनाऊ भगवान टाइट नबनाऊ बस्ने बनाऊ भगवान खस्ने नबनाऊ :)
पुराण मा लेखियको असजिलो देखियको मात्री सत्ता र पितृ सत्ता को जत्था उपमा मा को रुप मा  हेर्न सक्छौ नारि लाइ अधिकार  दिने चलन देउता को पालो देखिन चलेको हो :) न खोस्न सक्छौ न फेर्न सक्छौ :( विचरा महादेव ले के लिय ? बाग को छाला र सर्प को माला :) श्रीमती पार्वती को गहन लुगा हेर्दा आखा तिर्मिराउछ धपक्क बलेर श्रीमान महादेव नांगै हिद्द्नु भो जिउभरि खरानी धसेर :P आजकल क श्रीमती ले त टाउको मा जुम्रा पर्दा टिपेर फ्याक्दिन्छे महादेव को घाती मा तेत्रो गोगन सर्प बेरिदा हेरिरहने पार्वती कस्ती मान्छे ? श्रीमान ले अलिकति रक्सि पिउदा श्रीमती छेक्न जान्छे भन्छिन नपिउनुस रक्सि ले फाइदा गर्दैन :) महादेव ले बिस पिउदा पार्वती ले छेक्न जानु पर्छ कि पर्दैन ? कि त यडिक महादेव ले पार्वती लाई कुटेकै हुनु पोर्छ :) नत्र पार्वती लाई अर्कै रिस उठ्या हुनु पर्छ :) कुनै पुराण मा देउता ले स्वास्नी कुट्या कथा आउदैन :) किन गोप्य राखिन्छ  ? आज्कोल त श्रीमान ले श्रीमती लाई चुस्स चोय भोलि पल्ट पत्रिका मा छापिन्छ :)  म्याडम पार्वती को मनसाय के हो किरात रुप लियर मृगस्थली मा मोज गर्न जादा पछि पछि लाखात्ने ! रौद्र रुप लियर गोसाई कुण्ड मा डुब्न जादा वास्ता नगर्ने ? पार्वती ले प्रेम गरेकी भय किन सात वर्ष कि गोमा संग बिहे गर्न जानु पर्थ्यो दहि दुध खान दियकि भय बिस भांग धतुरो किन खानु पर्थ्यो ? माया कै-कुरा गर्दा पार्वती ले महादेव लाइ जीवन मा जम्मा एक चोटी चुम्बन गर्या प्रमाण भेटिन्छ तेइ लिपिस्टिक को  कारण बनेको डाम ले तेस्रो नेत्र बानेको हुनु पोर्छ :) सबै पुराण को को कथा हेर्दा त्याग तपस्या तुलना गर्दा
महादेव ले मरेकी सति देबी को लास काध मा बोकी संसार भ्रमण गर्नु भो सोह्र हजार गोपिनी कहाँ गया संसार त्याग्ने  बेला कृष्ण जी एक्लै पर्नु भो :( यसको पनि सोध खोज हुनु पर्ने तेसैले अधिकार मात्र भनेर हुदैन नारि हो दाइत्वो पनि बोध गर्न आउनु पर्छ :) संसार मा सबै भन्दा धनि पत्नी को पति को गति श्री बिष्णु नै हेर्नुस त्यो अथार सम्पति ले के गर्यो ? एउटा चार आनाको घडेरी नपायर समुन्द्र मा सर्प ओच्छायर सर्प माथि बस्नु पर्यो :) तेत्रो संसारकी धनि लक्ष्मी ले सिभिल होम बनायर एक फ्ल्याट मात्र पनि दिदियको भय जेनतेन बिष्णु को गुजारा चल्ने थियो :) यसैले लक्ष्मी को प्रेम प्रसङ्ग पनि कम्जोर नै देखिन्छ नत्र किन बिष्णु लाइ जालन्धर कि पत्नी वृन्दाको पछि लगाइन्थ्यो पक्का पनि धेरै हुनुपर्छ त्यो मौका को फाइदा उठाउन चाहने हरु तर विचरा श्रीबिष्णु स्वास्नी पिडित भयकै कारण त्यो मौका दियको हुनु पर्छ :p हेर्नुस देउता को मोज मोज्जा सरस्वति लाई बाजा महादेव लाई गाजा लक्ष्मी लाइ दिपावली पार्वती लाई ढलिमली दुर्गा लाइ खसी बिष्णु लाई सदै यकादशि कैले हरि-सैनी कैले हरि-कोल्तने कैले हरि-बोधनि के खान्छस भनि कसैले नासोद्धने ? ब्रम्ह कै कुरो गरु यसंसर मा बस्ने मान्छे को कत्रो फुर्ति संसार सृष्टि कर्ता को नकतै मन्दिर छ न-नै कुनै मुर्ति छ ? धर्ति को सिर्जना गरेर पनि किन कमल को फूल मा बस्नु पर्थ्यो संसार कै सृष्टि गर्ने ले जाबो एउटा ब्लेड नबनाई किन जोगी जस्तो बस्नु पर्यो ? सबै पुराण का पुराना कुरा चार मुख भयको ब्रम्ह चार हात भयको बिष्णु दस टाउको भयको रावण बिस्वास नै नहुने लेखक को लेखाइ हेर्नुस लेखक पाठक को गलत ब्याख्या महापुरुष को चरित्र हत्या महापुरुसु रावण जस्तो दानी ज्ञानी तपस्वी ले आर्काको स्वास्नी भगायको राम जस्तो पुर्सोतम पुरुष ले गर्भिणी स्वास्नी लाई जंगल पुराउन लगायको युधिस्थिर जस्तो सत्य वादी ले युद्ध भुमि मा ढाटेको लक्ष्मन जस्तो बिर योद्धा ले अवला नारि को नाख नै काटेको खै त नारि हरु ले यो कुरो बजेको किन राम-लक्ष्मन लाई पूजेको ? सबैले रामायण कण्ठ बनायकै छन् राम मन्दिर मा घण्टा बजायकै छन् :) नारि हरु को आरोप लक्ष्मन ले भाउजु लाई एक्लै छोडी किन भागेको ? पुरुष हरु को आरोप सिता ले लक्ष्मन रेखा किन नाघेको ? पुराना पुराण का नया प्रश्न रामचन्द्र चौद बर्सः बनबास जादा दारी जुँगा किन नबढेको तेइ बन मा बस्ने ऋषि मुनि को दारी हुने रामचन्द्र को किन नहुने ? कथा सतिदेबी को बाउको दक्ष्य प्रजापति को बोकाको टाउको ? को हुन् जोडदिने ? नन्दी भ्रिंगी चौसट्ठी योगिनी नन्दी भनेको साढे डाक्टरले काटेको औला जोड्न नसक्ने देश मा बसेर साढे ले बोकाको टाउको मान्क्षे को घाटी मा जोडेको के पत्याउने कति पत्याउने हरे भगवान कृष्ण ले उत्तरा को गर्ब मा गयर परिस्ट लाइ बचाउनु भो रे  यस्तो कुरा कसरि विश्वास गर्ने ? सबैलाई था छ गर्ब मा जाने बाटो कहाँ छ ? के यो सबै कथा केवल सोचियको हो ?  हैन भने के भगवान श्रीकृष्ण लाई पनि gynecologist  भन्न खोजियको हो ? हरे खेत जोतेर सिता निस्किन अरे खेत जोतेर मन्क्षे कतै निस्कन्छ ? यो कुरा त आजकल का नालायक ७/८  कक्ष्या का  चल्ला चल्ली लाइ पनि था हुन्छ :p  

Saturday, August 29, 2015

क्रिस्टियानो रोनाल्डोले बनेपाका बालकलाई जर्सी उपहार स्वरुप पठाए ।

क्रिस्टियानो रोनाल्डोले बनेपाका बालकलाई आफूले हस्ताक्षर गरेको जर्सी उपहार स्वरुप पठाएका छन्



। मिरर अनलाइनका अनुसार रोनाल्डोको जर्सी पाउने भाग्यमानी बालक हुन्, १३ वर्षीय जेतिन श्रेष्ठ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पका दौरान जेतिन फुटबल खेलिरहेका थिए । भूकम्प आउन्जेल उनी केही बेर रोकिए र फेरि रोकिएपछि फुटबल खेल्न थाले । यो सब फोटोग्राफर ओमार हभाना र पर्चुगलका पत्रकार मागरिडा मोटाले थाहा पाए । ‘मलाई क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिड मनपर्छ,’ जेतिनले भने, ‘एक दिन म पनि रियल म्याड्रिका लागि खेल्छु ।’
 उनको कुरा सुनेपछि मोटाले रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेससँग कुरा गर्दै जेतिनका बारेमा सबै कुरा सुनाए ।
एक हप्ता अघि रोनाल्डोले जर्सीमा हस्ताक्षर गर्दै उपहार पठाए । सर्टमा लेखिएको छ, ‘जेतिन बलियो बन, धेरै शुभकामना । क्रिस्टियानो रोनाल्डो ।’

जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले नेपाल बाट तराई छुटिनु पर्छ भन्ने घुमाउरो धारणा राखे !

जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले संघीयताको सन्दर्भ जारी आन्दोलनप्रति आफूहरूको कुनै किसिमको सहयोग र समर्थन नरहेको बताए  ।
मोर्चाका संयोजक गोइतले विज्ञप्ति जारी गरेर भन्नुभएको छ, ‘संघीयताको सन्दर्भ जारी आन्दोलनप्रति हाम्रो कुनै किसिमको सहयोग र समर्थन छैन् ।’
‘भारत–नेपाल शान्ति एवम् मैत्री सन्धि १९५० को धारा–८ को आधारमा तराई(मधेश)माथि नेपालको अधीनता पूर्णतः अनधिकृत र अवैध हो’, गोइतले विज्ञप्तिमा भन्नुभएको छ, ‘त्यसर्थ हामी तराई(मधेश)को मुक्तिका लागि सशस्त्र लड्दै छौं । संघीयताको सन्दर्भ जारी आन्दोलनप्रति हाम्रो कुनै किसिमको सहयोग र समर्थन छैन् ।’
उहाँले सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न तराई(मधेश)मा सेना परिचालन गरेको भने आक्रोश व्यक्त गरे  ।
सेना परिचालन र कर्फ्यू लागेकै अवधिमा अखण्ड सुदूरपश्चिम पक्षधर पहाडेहरू कैलालीमा थारू समुदायको घरमा आक्रमण, कुटपिट, तोडफोड र आगजनी गरिरहेको आरोप उहाँले लगाए ।
‘सरकारले अविलम्व तराई(मधेश)बाट सेना फिर्ता बोलाएन भने तराई(मधेश)मा पहाडी बस्ती पनि सुरक्षित रहने छैन्’, मोर्चाका संयोजक गोइतले चेतावनी दिएका छन् ।
पछिल्लो समय शून्य राजनीतिमा रहनुभएका गोइतले मधेश आन्दोलन र संघीयताप्रति आफ्नो असन्तुष्टि रहेको जनाउनुभएको छ । उहाँको यो अभिव्यक्तिले मधेश आन्दोलनलाई झट्का लागेको छ ।
यसअघि तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूको आन्दोलनप्रति कटु आलोचना गरिसक्नुभएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका राजकुमार लेखीले ।

 थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइरालालगायतका प्रमुख दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले अधिकार प्राप्तिको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता लागिपरेको आरोप लगाए ।
थरुहट आन्दोलन दबाउन खोज्नेहरुलाई भौतिक कारबाही गरिने उनको चेतावनी थियो ।
सुनसरीको इटहरीमा शनिबार गरिएको पत्रकार सम्मेलनमा लेखीले कैलाली घटनाका मुख्य दोषी प्रधानमन्त्री कोइरालासहित प्रमुख दलका नेताहरु नै भएको आरोप लगाए ।
उनले देशघर चर्किएको थारु आन्दोलनमासमेत केही कमजोरी भएको स्वीकार गरे । 

बाबुराम भट्टराईले आफूलाई थारु विरोधी नेता भनेकोमा कडा आपत्ति जनाए शेरबहादुर देउवाले।

शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गरे ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने,“थारु र पहाडी आपसमा मिलेर बस्दै आएका छन्। तर अहिले फुट ल्याउने तत्व सक्रिय भएका छन्।'  थारु–पहाडी–जनजातिलगायतका समुदाय मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गरी फरक मत शान्तिपूर्ण रुपमा राखिनुपर्ने बताए।
उनले सम्वाद समितिका सभापति बाबुराम भट्टराईले आफूलाई थारु विरोधी नेता भनेकोमा कडा आपत्ति जनाए। उनले भने, को हो त्यो बाबुराम मलाई थारु विरोधी भन्ने। यस्ता झुटा कुरा गर्ने। देउवा आक्राशित हुँदै भने, यस्ता झुटो बोल्ने बाबुराम कसरी डाक्टर भए, उनले कसरी पिएचडी गरे ?
देउवाले आफू कहिल्यै पनि थारु विरोधी हुन नसक्ने बताउँदै भने, जो व्यक्ति कमैया मुक्ति र थारु अधिकारका लागि सधै लडिरह्यो, उ कसरी थारु विरोधी हुनसक्छ ? उनले थारु समुदायको अधिकार अवसर र सम्मानका लागि आफू सधै लडिरहने बताएका थिए।
चार दलको शीर्ष बैठकमा कैलाली र कञ्चनपुरको एक इन्च जमिन थारुलाई नदिने भनेर देउवाले अडान राखेको भन्दै प्रचार गरिएपछि देउवा आक्रोशित भएका हुन्। बाबुराम भट्टराईले पनि देउवालाई लक्षित गर्दै सामाजिक सञ्जालमा केही सन्देश राखेका थिए।
कांग्रेस नेता गोपालमान श्रेष्ठले आपसी मेलमिलाप र सद्भाव कायम गरेर जतिसक्दो छिटो संविधान जारी गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले हिमाल, पहाड र तराईका नेपाली आपसमा मिलेर बसेकामा भेद ल्याउने समूहका पछाडि नलाग्न आह्वान गर्दै संविधान जारी हुने तयारी अन्तिम चरणमा पुगेका बेला संविधान ल्याउनै नदिन जातीय विद्वेष फैल्याउने समूह सक्रिय भएकाले सचेत हुनुपर्ने बताए।
सभासद् एवम् काँग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले भूकम्पले चिरा परेको पार्टी केन्द्रीय कार्यालय पुननिर्माणका लागि जिल्ला कार्यसमितिकातर्फबाट रु पाँच लाख दिने घोषणा गरे।

उपहारमा श्रीमती, गाई र एउटा बाच्छो ।

अधिकांश नेताहरु र ठूला अधिकारीलाई खुशी पार्न मानिसहरु महंगा महंगा गिफ्ट दिन पनि पछि पर्दैनन् । तर, साउथ अफ्रीकाको केपटाउनमा यस्तै एउटा गिफ्टलाई लिएर एउटा अनौठो घटना सार्वजनिक भएको छ ।
खबर अनुसार साउथ अफ्रीकन ब्रडकास्टिंग करपोरेशनका कार्यकारी प्रमुख हलाउदी मोत्सोएनेंगलाई
उपहारमा श्रीमती, गाई र एउटा बाच्छो दिइएको छ । स्थानीय पारम्परिक कबीलेका नेताहरुले यस्तो गिफ्ट दिएका हुन् । यो खबर अहिले संसारभरी भाइरल बनेको छ । र महिला संगठनहरुले कडा आपत्ति जनाएका छन् ।
साथै यसै विषयलाई लिएर त्यहाँका महिलाहरुले आन्दोलनको घोषणा गरेका छन् । घटनाको स्थानीय प्रशासनले पनि जांच सुरु गरेको छ । त्यहाँको एक स्थानीय अखबारमा समाचार प्रकाशित भएको थियो ।
यो खबर अनुसार लिम्पोपो प्रान्तका थोहोयांदोऊमा वेन्दा कबीलेका प्रमुखले १० युवतीको लाइन लगाएर कार्यकारी प्रमुख मोत्सोएनेन्गलाई कुनै एकलाई छान्न लगाए । मोत्सोएनेन्गले २२ वर्षीय युवतीलाई छानेर पाँचौं श्रीमती बनाए । मोत्सोएनेन्गका घरमा यसअघि चारवटा श्रीमती थिए । ती युवती हयूमन रिसर्च मैनेजमेन्ट की छात्रा थिइन् ।

५५ वर्षीय पीडित व्यक्तिले पुलिसमा उजुरी दिए लिङ्ग बिगारेको मा।

अमेरिको फ्लोरिडामा एक प्राइवेट क्लिनिकका मालिक एवम् क्लिनिकमा काम कर्ने नर्सले एक पुरुष बिरामीको लिङ्ग छोटो बनाइदिएको आरोपमा स्थानीय प्रहरीले पक्राउ गरेको छ ।
गिरफ्तार गरिएकी नर्सले गलत तरिकाले सर्जरी गरेर पीडित व्यक्तिको
लिङ्ग बिगारेको उजुरीमा उल्लेख छ । ५५ वर्षीय पीडित व्यक्तिले पुलिसमा उजुरी दिएका थिए ।
नेरी गोञ्जेलेज नर्सले पीडित व्यक्तिको लिङ्ग सर्जरी गरेर एक ईञ्च छोटो बनाइदिएकी थिइन् । ५५ वर्षीय ती व्यक्तिको शरीर र लिङ्गलाई उत्तेजनात्मक बनाइदिने बहानामा लिङ्गको आकार घटाइदिएको प्रहरीले जनाएको छ ।
नर्सले ‘फिलर इञ्जेक्ट’ गरेपछि खुसी देखिएका ती
   

 व्यक्ति घरमा आएर आफ्नो शरीर हेर्दा लिङ्ग सानो र छोटो भएको पाएका थिए । ती व्यक्तिलाई लिङ्ग छोटो र सानो भएपछि यौनसम्बन्ध राख्न नै समस्या भएको छ ।
पीडितको उजुरीका आधारमा स्थानीय पुलिसले क्लिनिकका डाक्टर र नर्स गोञ्जलेजविरुद्ध बिना लाइसेन्स क्लिनिक चलाएको र पीडितको शरीरमा गम्भीर रूपमा नोक्सान पुराएको आरोपमा मुद्दा चलाएको छ ।
न्युज पोर्टल मिररका अनुसार उजुरीपछि डाक्रट र नर्स भागेका थिए । क्लिनिक मालिक मार्क स्क्राइबर अहिले प्रहरी खोरमा छन् ।

पृथ्वीमा एक भयानक खगोलीय चट्टान ठोक्किन सक्ने ।

केही खगोलविदहरुले आगामी ४ साताभित्र पृथ्वीमा एक भयानक खगोलीय चट्टान ठोक्किने र त्यो संसारकै अन्त्यको कारण बन्न

सक्ने दावी गरे ।एस्टेरोइड ( चट्टान ) सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुन सक्ने अवस्था समेत आउने कतिपय शंकाबादी खगोलवीदको दावी छ ।
आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।
रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ ।

Thursday, August 27, 2015

सामान्य भन्दा धेरै पानी पिऊन जरूरि।

शरीरमा दुइ मृगौला हुन्छ कसै कसैमा एउटा मात्र तापनि उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।
गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु पर्छ  । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्‍स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो गलत  हो ।
पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्‍याकहर्न स्टोन बाह्‍र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् ।
पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गरेपछि  काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन ।
मौसम अनुसार पाउन सकिने फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ । पिसावनली, पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन  नलीमा पनि अड्किएर रक्तस्राव जस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनु पर्दछ ।मृगौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व छ । विशेषत: यो रोग केहि हदसम्म बंसानुगत भए पनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो। रोग निरोध गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागि सके पछि पथ-पहरेज मा बस्नाले यो रोग ठिक हुन्छ।
के खाने ?
१ . पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरि छ। धेरै पानी पिउँदा पिसापको मात्रा पनि बडने हुंदा एस ले मृगौला मा बनेको पथ्थरलाईं बगाई लान मद्दत गर्छ।
२ . पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ।
३ . हरियो मकैको चीया: यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यसमा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ।
४ . जौ को मांड: जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।
५ . भुई-कटहरको रस: भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ।
६ . पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी -६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन।
७ . बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन।
८ . कागती: कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन।
९ . गहतको झोल: गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ।
१० . करेला: करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ।
११ . गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ ।
पथ्थरी भएका हरूले पालुंगोको साग, गोलभेडा, अमला,  काजु , काक्रो र कालो अंगुर को पहरेज गर्नु पर्छ। यी फल हरू मा अक्जलेट को मात्र धेरै छ जसले क्याल्सियम संग मिलेर कयाल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ। यसै गरी मिर्गौलाको पथ्थरी भएकाहरू ले फूल गोभी, भान्टा, च्याउ र फर्सी जस्ता खाद्य हरू को पनि पहरेज गर्नु पर्छ। यी खाद्यान्न मा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइड प्रशस्तै पाइन्छ। खाना मा यी तत्वहरूको समाबेस भए युरीक एसिड र अक्जलेटको क्रिस्टल बनि चाडै पथ्थरी हुन्छ ।

पूर्वमन्त्री जे.पी. गुप्ताले मधेश आन्दोलनमा समर्थन छैन बताउनुभयो ।

मधेशका जनताको अधिकारका लागि मधेशका जिल्लामा आफ्नै किसिमको जागरण र अभियान चलाइरहेका
पूर्वमन्त्री जे.पी. गुप्ताले अहिलेको मधेश आन्दोलनप्रति आफ्नो फरक धारणा सार्नुभएको छ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजकसमेत रहनुभएका गुप्ताले‘मधेशमा चलेको आन्दोलनको दिशा छैन । यसले मधेशी जनताको अधिकारको रक्षा गर्दैन ।’ थारु आन्दोलनलाई समर्थन रहेको बताउनुभयो ।
मधेश केन्द्रित दलका नेताहरू विजय गच्छदार, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतोसहितका नेताहरूप्रति कठोर टिप्पणी गर्नुभएका संयोजक गुप्ताले मधेशमा चलेको आन्दोलनले लक्ष्य र दिशा भुलेको बताउनुभयो ।
उहाँले अहिले मधेशमा चलेको आन्दोलन सत्ता समर्पणमा गएर सकिने टिप्पणी गर्नुभयो । ‘यो आन्दोलन सत्ता समर्पणमा केन्द्रित छ’, उहाँले भन्नुभयो ।
मधेशीका जनताको हक र अधिकारका लागि आफ्नै तरिकाले संगठित हुँदै जागरण अभियान चलाइरहनुभएका संयोजक गुप्ताले जारी मधेश आन्दोलनका सारथीहरूलाई सत्तास्वार्थीको संज्ञा दिनुभयो ।
‘सत्तामा रहँदासम्म मधेश र मधेशीका मुद्दा, हकअधिकार नदेख्ने’, संयोजक गुप्ताले भन्नुभयो, ‘सत्ता बाहिर आउनासाथ आन्दोलन गरिहाल्नुपर्ने । अझ देश टुक्राउनेसम्मको चेतावनी दिने ?’
राष्ट्रिय अभियानका संयोजक गुप्ताले भन्नुभयो, ‘सत्ता स्वार्थको यो मधेश आन्दोलनमा हाम्रो समर्थन छैन ।

फ्लोरिडामा यौन अपराध गर्ने अपराधीलाई विशेष कारवाही स्वरुप एकैगाउँमा राखिन्छ ।

अमेरिकाको फ्लोरिडामा यौन अपराध गर्ने अपराधीलाई विशेष कारवाही स्वरुप एकैठाउँमा राखिन्छ ।
सन् १९६० मा निर्माण गरीएको उक्त गाउँमा फ्लोरिडा बाट २ माइल टाढा एक सानो गाउँमा २०० बलात्कारीलाई राखिएको छ । जहाँको कानुन अन्य राज्य भन्दा धेरै गुणा कडा छ ।
यौनजन्य हिंसामा अपराध प्रमाणित भए स्कूल, पार्क, बस स्टप वा सार्वजनिक स्थान बाट पर राख्ने यो गाउँमा राखेर सुर्धाने योजना सहित रणनीति बनाउने गरिन्छ । जुन विश्वकै नमुना गाउँको रुपमा चित्रित हुन थालेको  छ ।

राम्रो अनुहार बनाउन प्रयोग गर्नुस घरेलु उपचार !



१.कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्।
अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।

३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ।
महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

५.




केराः
महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ ।

महेन्द्रनगरमा सशत्र प्रहरी नै लुटीन पुगेको छ ।

रौतहट घटना पछि तराइ क्षेत्र लगायत विभिन्न ठाउँको सुरक्षा सतर्उकता उच्च बनाइएका बेला महेन्द्रनगरमा सशत्र प्रहरी नै लुटीन पुगेको छ । कञ्चनपुरको दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टबाट खटिएको टोली तस्करबाट लुटिएको स्थानीयवासीले बताए ।
स्थानीयहरुका अनुसार दोधारा–चाँदनी नगरपालिका–१ स्थित पिपलचौतारा नजिक तस्करबाट अवैध कुखुराका चल्ला बरामद गरेर पोस्टमा लैजाँदै गरेको सशस्त्र प्रहरीको टोली बाटोमै तस्कर समुहबाट लुटिएको हो । सशस्त्र प्रहरीले तस्करबाट बरामद गरेका कुखुराका चल्ला तस्कर समुहले नै प्रहरीबाट लुटेर लगेका छन् 

सेना परिचालनबिरुद्द अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

सीमाङ्कनको विषयलाई लिएर कैलालीमा भएको घटनापछि
सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले संयुक्त रुपमा दायर गरेको उक्त रिटमा सेना परिचालनले त्यहाँका नागरिकको मौलिक हकमा आघात पर्ने र शान्ति सुरक्षा अझ बिग्रने जिकिरसहित सेनालाई छावनीमा फिर्ता बोलाउन आदेश माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रालय, व्यवस्थापिका संसद सचिवालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा सोमबार बसेको सुरक्षा परिषद्को बैठकले कैलालीको टीकापुर, रौतहटको गौर र सर्लाहीको मलङ्गवामा सेना परिचालनको निर्णयले नेपाली नागरिकको हकअधिकारमा आघात पुग्ने दाबी गरिएको छ ।
सरकारले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्दा आन्दोलनकारीको मनोबल थप उत्तेजित बन्न जाने र अझै ठूलो अपूरणीय क्षति हुनसक्ने रिटमा उल्लेख छ ।

चित्रबहादुर केसीले विदेशीको स्वार्थमा केही दलले संघीयता लाद्न खोजेको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसीले नेपालको सन्दर्भमा संघीयता अनावश्यक रहेको भन्दै विदेशीको स्वार्थमा केही दलले संघीयता लाद्न खोजेको बताए । अध्यक्ष केसीले संघीयता यो देशको आवश्यकताभन्दा पनि विदेशीको आवश्यकतामा लाद्न खोजिएको बताए । ‘संघीयता नेपालको आवश्यकता नै होइन, विदेशीलाई यहाँ संघीयता चाहिएको हो,’ उनले भने ।
टुक्रिएका देश जोड्नका लागि विश्वमा संघीयताको अभ्यास भएको तर्क गर्दै उनले भने, ‘जहाँ संघीयता लागू भएका छन्, ती मुलुकमा टुक्रिएका देश जोड्नका लागि यसको प्रयोग भएको हो तर नेपालमा देश टुक्र्याउनका लागि संघीयता प्रयोग गर्न लागिएको छ ।’
उनले पिछडिएका क्षेत्र तथा वर्गका लागि विकेन्द्रीकरणमार्फत अधिकार दिन सकिने बताए । केही दलका केही नेताले विदेशीको प्रभावमा अधिकारका नाममा जातीय र क्षेत्रीय राजनीति गरिरहेको उनको आरोप छ ।
अध्यक्ष केसीले भने, ‘विदेशीको पैसा खाइसकेका कारण केही दललाई संघीयताबाट पछि हट्न गाह्रो परेको छ ।

Wednesday, August 26, 2015

७ प्रहरी हत्यामाको शंकास्पद १० जना गोप्य सूचनाका आधारमा पक्राउ ।

कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा मंगलबार हत्यामा संलग्न दश जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, जोशिपुर-४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मनुवा–१ बस्ने २० वर्षीय रामकुमार खठरिया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया, मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनका क्रममा सोमबार टीकापुरको मनुवा गाविस-६ सिमल चौराहमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो 

मद्दत माग्ने र मद्दत दिने दुबै हाकिम एकै ठाउँ बञ्चरो र भालाको आक्रमणबाट मारिए ।

‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त !’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट  कराए, ‘च्याप्यो हजुर च्याप्यो, भीडले च्याप्यो, थप मद्दत, थप मद्दत…!’
 थरुहट संघर्ष समितिका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच कैलालीको टीकापुरमा झडप हुँदाको वृत्तान्त हो यो । मद्दत माग्ने र मद्दत दिने दुबै हाकिम एकै ठाउँ बञ्चरो र भालाको आक्रमणबाट मारिए ।  ‘ऐय्या–आत्थु’ केही भन्नै नपाई रगत पिउने तानाशाही इदी अमिनले मान्छे सोतर पारेकै शैलीमा एकैचिहान भए ।
तीनजना इन्स्पेक्टरको कमाण्डअन्तर्गत तीन फरक फरक नाकामा ड्युटी लगाई इप्रका अगाडि कमाण्ड पोष्ट खडा गरेर बसेका थिए, लक्ष्मण न्यौपाने । प्रदर्शनकारीले निषेधित क्षेत्र नतोडुन् भन्नका लागि भएजतिका फौज ठाउँठाउँमा तैनाथ थिए ।
न्यौपानेसँग अञ्चल गुल्मका इन्स्पेक्टर केशब बोहराको कमाण्डमा थोरै फौज त थियो, तर कमाण्ड पोष्टका रुपमा बसेपछि त्यसकै सुरक्षाका लागि पनि त्यति जनशक्ति चाहिन्थ्यो । धनगढीस्थित जिप्रकाबाट टोली मगाऔं भने १ सय १४ किलोमिटरको दूरी छिचोल्नै दुई घण्टा लाग्ने ।
भीडले च्यापेर अर्को इन्स्पेक्टरलाई अप्ठेरै पारेपछि सँगै बसेका सशस्त्र एसपी लक्ष्मणबहादुर सिंहसँग उनकै गाडी चढेर टिकापुरको पश्चिमी नाकामा तैनाथ इन्स्पेक्टर बलराम भएतिर पुगे ।
उत्तरतिर तैनाथ किलो वन थ्री कलसाइन भएका इन्स्पेक्टर जगन्नाथ खनाल र उत्तर–दक्षिणतिरका किलो वन टु कलका एकीन्द्र खड्काको टोलीलाई पश्चिमतिर सामेल हुन आदेश दिए ।
अघि–अघि न्यौपाने पछि–पछि फौज दौडियो । भीडले सुरक्षाकर्मीलाई च्याप्यो भनिएको पश्चिमी नाकामा एसएसपीको टोली पुग्दा प्रदर्शनकारी पूर्व फर्किएका थिए । न्यौपाने पश्चिम फर्किएर प्रदर्शनकारी अगुवा (फोरम सभासद्) रामजनम चौधरीसँग भन्दै थिए, ‘यस्तो गरिदिन भएन हजुर !’ भन्दाभन्दै पछाडिबाट पिठ्युँमा बञ्चरो र भाला प्रहार भयो । उनी भुक्लुक्क ढले । उनलाई छोप्न खोज्दै थिए, इन्स्पेक्टर केशव बोहरा र बलराम विष्टले ।
तर, उनीहरु पनि बञ्चरोकै प्रहारमा ढालिए । प्रहरीहरु ढालिँदा सशस्त्र प्रहरीले थप मद्दत दिन्छ भन्ने न्यौपानेको आशा थियो । तर, जब भीडले प्रहरी टोलीलाई च्याप्न थाल्यो, न्यौपानेलाई त्यहाँबाट छाडेर सशस्त्र एसपी लक्ष्मण सिंह घटनास्थलबाट बाहिरिए ।
उनले थरुहट अगुवा रमेश चौधरीलाई साथमा लिएर गए । प्रहरी कमाण्डहरुहरु ढलेसँगै प्रदर्शनकारीले एसएसपीका बडीगार्डसँग रहेको अत्याधुनिक एसएलआर राइफल खोसे । एसएलआर नियन्त्रणमा लिएपछि भिड लम्कियो नजिकै साउद परिवारको घरतिर ।
सशस्त्रका जागिर खाने त्यो परिवारका वरिष्ठ हवल्दार ललित साउद प्रदर्शनकारीको पहिलो निशाना बने । उनीहरु अछामबाट बसाईं सरी त्यहाँ गएका हुन्  र भीम रावलका आफन्त पनि ।
जेठा पूर्णबहादुर साउद सशस्त्रका डिएसपी हुन् भने कान्छा नेत्रबहादुर सशस्त्रकै हलव्दार र लेखा सहायक पनि । डेढ क्विन्टलका ललित सशस्त्रका घुमुवा हुन् ।
तीन दाजु भाईलाई एकैचिहान बनाउने गरी प्रदर्शनकारी त्यहाँ पुगेका थिए । तर, घरको बरण्डामा डिएसपी पूर्ण एक्लै थिए, भाइ नेत्रको छोरा खेलाउँदै । भीड देखेपछि उनी भागे, तर बालक मारिए ।
सशस्त्र-थरुहट कनेक्सन
सशस्त्र साथमा थिएन भने सायद एसएसपी न्यौपाने अर्को रणनीतिका साथ भिड नियन्त्रणमा जुट्थे वा अश्रुग्याँस र रबर बुलेटको सहाराले भीडलाई तितरबितर पार्थे ।
तर, सशस्त्रले आफ्नो गाडी चढाई–चढाई भीडको बीचमा लगेर छाड्ने र हमला भएपछि सर्लक्क पछाडि हट्ने कारण उच्च पदस्थ प्रहरी अधिकृतसहितका मारिए ।
भीडन्तमा घाइते भई हाल नेपालगञ्जमा उपचाररत एक सशस्त्र जवानले बयान दिया  । ‘झडप सुरु भएपछि हामीलाई विथ ड्र हौ (फर्कनु) भनेका थिए । 

एक महिनाको अवधिमा बलात्कारसम्बन्धी ८९ वटा समाचार सामग्री प्रकाशित

सञ्चारिका समूह नेपालले यस वर्षको साउन महिनाभित्र २० जना किशोरी तथा महिला बलात्कारको शिकार भएको जनाएको छ ।
सो संस्थाले  एक महिनाको अवधिमा बलात्कारसम्बन्धी ८९ वटा समाचार सामग्री प्रकाशित भएको पाइएको बताय ।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो । यसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य छन् ।
साउन महिनामा हत्याका १३ वटा घटना भएका थिए र हत्यासम्बन्धी ४९ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका २ वटा घटना भएका थिए र १९ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ६ वटा घटना भएका थिए ।
यसैगरी, सो अवधिमा स्वास्थ्य अधिकार हननका २ वटा घटना र ६१ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।

टीकापुरमा थारूको घर छानीछानी जलाउने काम भइरहेको जानकारी गराउँदै रोक्न आग्रह गरे थारू सभासद्ले

थारू सभासद्ले प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई भेटेर सेना परिचालन रोकेर राजनीतिक रूपमा थारूहरूको माग सम्बोधन गर्न आग्रह गरे । मंगलबार विभिन्न पार्टीका थारू सभासद्ले प्रधानमन्त्री सुशील कोइराला, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले उपाध्यक्ष भीम रावललगायतलाई भेटेर राजनीतिक रूपमा आफ्ना माग सम्बोधन गर्न आग्रह गरे । ‘सेना परिचालन गर्नुपर्ने अवस्था थिएन, किन परिचालन गर्नुभयो भनेर नेताहरूलाई भन्यौँ,’ थारू सभासद् समूहका संयोजक रामजनम चौधरीले भने । उनले थारूको माग राजनीतिक भएकाले राजनीतिक रूपमै सम्बोधन गर्न आग्रह गरिएको जानकारी गराए । सभासद्हरूले टीकापुरमा थारूको घर छानीछानी जलाउने काम भइरहेको जानकारी गराउँदै रोक्न आग्रह गरेका थिए । सभासद्को कुरा सुनेपछि प्रधानमन्त्रीले गृहमन्त्री वामदेव गौतमलाई टेलिफोन गरी थारू समुदायको घरमा आगजनीका घटना रोक्न निर्देशन दिएका थिए । सभासद्हरूले टीकापुर घटनाको यथार्थ छानबिन गर्नसमेत सरकारसँग आग्रह गरेका छन् । भेटमा प्रधानमन्त्री र एमाओवादी अध्यक्षले थारूहरूको आन्दोलन राजनीतिक भएकाले राजनीतिक रूपमै सम्बोधन गरिने प्रतिबद्धता जनाएको चौधरीले बताए । ‘प्रधानमन्त्रीज्यू, माओवादी अध्यक्ष र एमाले उपाध्यक्षले राजनीतिक रूपमै समाधान गर्नुपर्छ भन्नुभएको छ,’ भेटमा सहभागी सभासद् अमनलाल मोदीले भने ।

कैलाली घटनाको खबर पाएपछि उपेन्द्र यादवसहित मधेसी नेताको टोली भागेर भारत

कैलालीको टीकापुरमा स्थानीयलाई उक्साएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत मधेसी नेताको टोली सोमबार झापा पुगेको थियो  ।
तर,त्यहाँ  उपेन्द्र यादवले सोचेजस्तो उपस्थिति थिएन । दुईसय जना भन्दा कम उपस्थिति भएको कार्यक्रममा उनले खाटमाथि उभिएर भाषण दिए ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरले भाषण गर्दागर्दै फोरम अध्यक्ष यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतो को मोबाइल  मा पालैपालो फोन आये ।  टीकापुरमा आन्दोलनकारीले सात सुरक्षाकर्मीको हत्या गरेको खबर पाउने बितिकै  । निक्कै अत्तालिएका यादव त्यस लगत्तै भाषण नै नसकी भारत छिरेका जानकारी भयको छ  ।
फोन गोजीमा राखेर खाटमा उक्लिएका उनको बोली लर्बराउँद थियो । प्राविधिक कठिनाई आएको भन्दै हतारमा निस्किए का थिय ।
उनी भारत नै गएको नदेखाउन मोटरसाइकल चढेर बिर्तामोडको उत्तर शनिश्चरे लाइनतर्फ लागेका थिए । तर, शनिश्चरे लाइन पस्नासाथ अलिकतिमास्तिर एभरेष्ट बैंकबाट पूर्व छिरेर कन्काई कलेजको रोड हुँदै फेरि राजमार्गमै निस्किए । त्यसपछि यति तीव गतिमा भागे की, आधा घण्टामा नै भारतको सिलिगुढी पुगे ।
कैलालीमा आक्रमण भएको सुन्नासाथ डरले ओठमुख सुकेका तमलोपा अध्यक्ष ठाकुर, सद्भावना अध्यक्ष राजेन्द महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव लगायत नेता कुन दुलोमा पसे, कसैले पत्तै पाउन सकेनन् ।
फोन आएपछि निकै अत्तालिएका महेन्द्रराय यादव भाषण गर्दागर्दै कार्यक्रम संचालकमाथि झम्टँदै थिए रे

कैलालीको टीकापुरमा हिंसात्मक आन्दोलनमा सुरक्षा दिन नसकेको भन्दै गृह मन्त्रालयले सशस्त्रका डीआईजी खडानन्द चौधरी र नेपाल प्रहरीका डीआईजी रामकुमार खनाललाई हेडक्वाटर ताने ।

साउन । सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजीलाई प्रहरी प्रधान कार्यालयमा ताने ।
कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा सुरक्षा दिन नसकेको भन्दै गृह मन्त्रालयले सुदूरपश्चिम सशस्त्रका डीआईजी खडानन्द चौधरी र नेपाल प्रहरीका डीआईजी रामकुमार खनाललाई हेडक्वाटर तानेको हो ।
कैलाली घटनामा एसएसपीसहितका सात सुरक्षाकर्मी मारिएपछि गृह मन्त्रालयले यस्तो निर्णय लिएको हो । गृहले नेपाल प्रहरीका डीआईजी खनालको स्थानमा माधव नेपाललाई पठाइएको छ । यसैगरी सशस्त्र प्रहरीका डीआईजी चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको छ ।
यस्तै आन्दोलनकारीको आक्रमणमा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको ठाउँमा एसएसपी दिनेश अमात्यलाई पठाइएको छ ।

वैदेशिक रोजगारबाट आठ वर्षपछि फर्किएका एक युवक आफ्नी श्रीमती र छोरो खोजिदिन हुलियासहितको निवेदन लिएर प्रहरी कार्यालय पुगेका थिय ।

वैदेशिक रोजगारबाट आठ वर्षपछि फर्किएका एक युवक आफ्नी श्रीमती र छोरो खोजिदिन हुलियासहितको निवेदन लिएर प्रहरी कार्यालय पुगेका थिय  । आफूले कतारबाट पठाएको करिब १६ लाख रुपैयाँको भौचरसहित पुगेका उनले आफन्त, नातागोतामा खोज्दा नभेटाएपछि प्रहरीको शरणमा पुगेको  बताए का थिय  ।
२०६४ सालमा एक छोरासहित श्रीमतीलाई छाडेर कतार गएका तिरिङ्गे गाविस ४ का बुद्धराज लिम्बू  काठमाडौंबाट सरासर सदरमुकाम फुङलिङ गयका उनी आफूले विदेश जाँदा डेरा राखेको सदरमुकामको घरमा परिवार खोज्न पुगेका थिए । ‘घरधनी अमर फुरुम्बुले दुई वर्षअघि नै उनकी श्रीमतिले कोठा छाडेको बताएपछि ससुराली पुगे , सासूले दुई वर्षदेखि नआएको बताउनुभयो’ उनले भने, ‘त्यसपछि नातागोता सबैतिर सोधखोज गर्दा कतै पत्तो लागेन ।’ खोजीदिन आग्रह गर्दै उनले प्रहरीमा निवेदन दिए ।
२०६२ सालमा फुरुम्बु गाविस ६ की रत्नकुमारी लिम्बूसँग विवाह गरेका उनी पुत्रलाभपछि विदेशिएका थिए । कतारको दोहास्थित अल्बे कम्पनीमा काम गरेका उनले २०७० सालसम्म १७ लाख रुपैयाँ र तीन तोला सुन पठाएको दाबी गरे । उनले पैसा बैंकमा राख्न, कसैलाई नदिन र छोरालाई राम्रो पढाउन भनेका थिए । तर रत्नकुमारीले पैसा ब्याजमा लगाउने गरेको पत्तो पाएपछि फोनमा उनको झगडा भयो । ‘छोरीलाई सम्झाइदिन र पैसा जथाभावी खर्च नगर्न सल्लाह दिन सासूलाई फोन गरेर अनुरोध गरें,’ उनले भने, ‘सासूले सम्झाउन खोज्दा झगडा भएछ ।’
प्रहरी प्रमुख शान्तिराज कोइरालाले हराएकी महिलाको खोजी गर्ने आश्वासन दिएका छन् । ‘उनी अन्यायमा परेका हुन् या के हो, महिला फेला परेपछि पत्तो हुन्छ, खोजी सुरु गरेका छौं,’  निवेदन बुझेपछि कोइरालाले भने । भिसाको म्याद थप नहुँदा अवैध रूपमा बसेकाले धेरै पैसा पठाएर र श्रीमतीसँग विवाद भए पनि बेलैमा फर्कन नसकेको लिम्बूले बताए ।

‘दुई मन्त्रीको विवादले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नआउने भए’का थिय |




 व्यवस्थापिका संसदको अर्थ समितिले यही आषाढ १० गते हुने दातृ निकायका प्रतिनिधिहरुको सम्मेलनका लागि सरकारको तयारी सन्तोषजनक नभएको भन्दै सम्मेलनका लागि स्पष्ट योजना बनाउन सुझाव दिएको थियो ।
 सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुले सम्मेलनका लागि सरकारको तयारी सुस्त भएको र कार्यसूची पनि स्पष्ट नभएको भन्दै असन्तुष्टि जनाएका थिय  ।
समितिमा सदस्यहरुले ‘दाता सम्मेलन कर्मकान्डीरुपमा सम्पन्न गर्न खोजेको’ भन्दै सरकारको आलोचना गरेका थिए ।
यस्तै, उनीहरुले परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र अर्थमन्त्री डा. रामशरण महतबीचको विवादका कारण सम्मेलनमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री सहभागी नहुने अवस्था बनेको भन्दै मन्त्रीहरुलाई सम्झाउन नसकेकोमा प्रधानमन्त्री सुशील कोइरालाको आलोचना गरेका थिए ।
बैठकमा सहभागी अर्थ मन्त्रालयका सचिव सुमनकुमार शर्माले भने ‘सम्मलेनको सम्पूर्ण तयारी पूरा भएको र ५३ देशका प्रतिनिधिहरु सहभागी हुने निश्चित भएको’ जानकारी गराएका थिए ।
उनले सरकारले दातृ निकायलाई ऋण मिनाहका लागि आग्रह नगर्नेसमेत स्पष्ट पारे ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. गोविन्द नेपालले पुनःनिर्माणका लागि ६ खर्व ७० अर्व रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएका थिए ।

नेपाल कै भुमिमा भारतीय नागरिकले नेपाल प्रहरीका जवानको हत्या गरेका छन् ।



बाँकेको     गहनापुर­२ पिपरहवा चोक नजिक राझा चोकमा बुधबार बिहान भारतीय नागरिकले चलाएको यूपी ५३ बीए ७७८५ नम्बरको भारतीय जिपले ठक्कर दिएर प्रहरी जवान राम बहादुर पुनको हत्या भयको  हुन् ।
पुन प्रहरी चौकी गहनापुरमा कार्यरत थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । पुनरावेदन अदालत फैसला कार्यान्वन गार्ड दरबन्दी भएका पुनलाई राँझा चोकमा डिउटी जाने क्रममा उक्त जिपले ठक्कर दिएको थियो ।
प्रहरीले जिपलाई नेपालगंज उपमहानगरपालिका–५ स्थित सेतु बिक चोकवाट नियन्त्रणमा लिनुका साथै फरार रहेका चालकको खोजी गरिरहेको छ ।

एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा पहिल्यै टुंगो लागिसकेको हेमन्त र अम्बिकाबीचको सम्बन्धलाई अहिले उछालेकोमा दुःख व्यक्त गर्दै ।

 एकातिर भीरबाट लडेर हातखुट्टा भाँचिएकी ७८ वर्षीया आमाको भरे हो कि भोलिको अवस्था, अर्कोतिर सारा जीवन समर्पण गरेको पार्टीबाट कारवाहीको निर्णय– एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा छन् ।
तैपनि आफूलाई खेदो खन्नेहरुको पर्दाफास गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनाशक्ताई जनतामाझ नंग्याउने अठोट कायमै छ । ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारवाहीको निर्णय गर्यो ।
हेमन्तका अनुसार, त्यसैबेलादेखि पारिवारिक रुपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो । तर, जब वैशाख २ गते प्रचण्डको पार्टी लाइनलाई खण्डन गर्दै आफनो मत हेडर्क्वाटरसमक्ष लिखित रुपमै राखे, त्यही दिनदेखि उनी पराई भए ।
आफ्नो रेखदेखमा पार्टीभित्र हुर्किएका जनार्दन शर्माले पेरिसडाँडाको गेटमै धावा बोले । त्यसो त उनीविरुद्ध प्रभाकर चुनावदेखि नै थिए । दाङको क्षेत्र नम्बर ३ मा हेमन्तको सिट पक्का भइसकेको थियो । तर, प्रभाकर र पोष्टबहादुरले भाँजो हाले ।
उनले गत शुक्रबार एक पदाधिकारीलाई टेलिफोन गरेर
पहिल्यै टुंगो लागिसकेको हेमन्त र अम्बिकाबीचको सम्बन्धलाई अहिले उछालेकोमा दुःख व्यक्त गर्दै अरुले समेत यौन सम्बन्धको पोल खोल्ने धम्की दिएको समाचार छ ।

कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा ।



गृहमन्त्री बामदेव गौतमले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा त्यस्तो जानकारी गराएका हुन् ।
उच्च स्रोतका अनुसार गौतमले सिमावर्ती भारतको थक्रौलाबाट हतियारसहित दुईवटा बलेरो गाडीमा आएकाहरुले घटना गराएको जानकारी शीर्ष नेतृत्वलाई दिएका छन् ।
‘बाहिरका मानिसहरुले आन्दोलनकारीको भिडमा घुसेर घटना गराएको देखिन्छ’, बैठकमा गौतमले भनेका थिए ।
थरुहट प्रदेश माग गर्दै आन्दोलनमा उत्रिएको उत्तेजक समूहले नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीलाई नियन्त्रणमा लिएर निर्ममतापूर्वक हत्या गरेको थियो । घटनापछि कैलाली तनावग्रस्त छ ।

मधेशबाटै मधेसी मोर्चाका नेतालाई खुलापत्र (राजबहादुर बोगटी टीकापुर–९ कैलाली)





श्रीमान् मधेसवादी दलका नेताज्यूहरू,
म लामो समयदेखि तराईमा बसोबास गर्ने नेपाली नागरिकताधारी, मधेसी मूलको राष्ट्रभक्त नेपाली । नेपाल भूमिमा छरिएको बुद्धको ज्ञानको ज्योतिले, सगरमाथा र वरपरका हिमालबाट बग्ने हावाले, हिमनदीका पानीले मेरो शरीरलाई पनि छोएकै छ । बिरामी पर्दा पहाडका जडिबुटीले मेरो शरीरलाई पनि निको पारेकै छ । मेरो पसिनाले उब्जेको अन्नबाली हिमाल, पहाडलाई पनि चाहिन्छ, यो सबै एक अखण्ड नेपालमा मात्र सम्भव छ ।
आज देश परिवर्तनको संघारमा छ । एकात्मक केन्द्रीय राजतन्त्रबाट संघीय गणतान्त्रिक मुलुक बन्दै छ । यो बेला मेरो मन, मस्तिष्क पनि सिंगो अखण्ड नेपालसहितको संघीय गणतन्त्रात्मक नयाँ नेपालकै चाहना गर्छ । यही नै मेरो परिचय हो ।
मेरो परिचयले सायद तपाईंलाई सन्तोष नपार्ला । किनभने, तपाईंहरु जस्ता नाम चलेका मधेसी जनताका मसिहा भन्न रुचाउने केही क्षेत्रीयवादी नेताका कारण आज सिंगो मधेस वा तराई अशान्त र आक्रान्त मात्र बनेन, त्यहाँका कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, स्कुल लगायत ठप्प छन् । यही बेला एक सच्चा राष्ट्रप्रेमी मधेसी वा तराईबासीका हैसियतले म तपाईंलाई यो पत्र लेख्दै छु ।
कृपया भाषा सम्पादनमा गल्ती हुन गएमा एउटा अन्जान नेपालीको कमी–कमजोरी सम्झेर माफ दिनुहोला । पत्रको सुरुमा कवि माधवप्रसाद घिमिरेको वर्तमान समय सापेक्ष कविताको दुई पंक्ति उद्धृत गर्न मन लाग्यो, ‘उचाई हाम्रो रहला कहाँ हिमाल न रहे, नेपाली हामी रहुँला कहाँ, नेपालै न रहे ।’
Madeshi-Morcha-Meeting कविको यी पंक्ति नै काफी छन्, हामी पहिले नेपाली कि मधेसी ? आज नेपालको सिंगो अस्तित्व मेटाएर मधेसको अस्तित्वको मात्रै कुरा उठेझैँ पनि लागिरहेको छ । सदनदेखि सडकसम्म मधेस, अखण्ड सुदूरपश्चिम लगायत आवाज उठिरहेकै छन् ।
विशेषगरी मधेसको मुद्दा जो अहिले मधेसी नेताले उठाउनुभएको छ, म तपाईंहरुलाई केही कुरा भन्न गइरहेको छु ।
नेताजी तपाईंलाई थाहा छ, देश अहिले इतिहासकै कमजोर तथा संत्रमणकालबाट गुज्रिरहेको छ । नेपाली इतिहासमा नेपालको राष्ट्रियता यति कमजोर भएको थिएन र संविधान निर्माणपछि पनि सायद यस्तो नहोला भन्नेमा हामी सबै नेपाली विश्वस्त छौँ । अहिले हामी नेपाली जनताको सदियौँदेखिको आफ्नो संविधान आफ्नै सहभागितामा बनाउने महान् कार्यको अन्तिम चरणमा छौँ ।
यो महत्त्वपूर्ण घडीमा नेताहरूले देशको अखण्डता, स्वाधीनता र राष्ट्रियताका लागि सोच्नैपर्छ । यो बेला देश टुक्र्याउन खोजियो भन्ने गलत बुझाइ पनि आएका छन् । यस्तो बेला सच्चा राष्ट्रभक्त नेताले साम्प्रदायिक द्वन्द्व फैलाउने खालका उत्तेजित अभिव्यक्ति दिनु कदापि हुँदैन ।
हो तपाईंले भनेजस्तै शासक वर्गले मधेसलाई उपेक्षा गर्दै आएकै हुन् । मधेसी जनता देश विकासको मूल प्रवाहमा समाहित हुन सकेनन्, पाएनन्, दिइएन ।
सेना, प्रहरी, कर्मचारी आदिमा मधेसी जनताको सहभागिता न्यून छ, छँदै छैन भन्न सकिने अवस्थाको । अर्कोतिर, स्वयं मधेसमा पनि धनी र गरिबबीचको खाडल ठूलो छ, कोही जमिनदार छन्, कोही भूमिहीन । यो व्यथा सुदूरपश्चिमको पनि हो । सुदूरपश्चिमका जनताले पनि राज्यका सेवा–सुविधा पाएका छैनन् । उनीहरुको पनि राज्य संयन्त्रमा पहँुच कम छ ।
यही अवस्थालाई लिएर देशमा थुप्रै आन्दोलन भए ।
तपाईं मधेसी नेताजीहरुको अगुवाईमा पनि आन्दोलन भए, भइरहेछन् । अहिले देश विकासको मूल प्रवाहमा मधेसी जनतालाई पनि समेट्ने गरी संविधान बनाउने कुरा उठिरहेको छ । मधेस आन्दोलनबाटै तपाईंहरुले मधेसी मुद्दालाई स्थापित गर्नुभयो । मधेसका मुद्दा उठाउनुको श्रेय तपाईंहरुलाई नै जान्छ । तर, आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नतिर संयमतापूर्वक लागेको देखिँदैन । किनभने, अहिले सिंगो नेपालीको हितमा मुद्दा नउठेर जातीय, समुदायको मात्र हित सोचेको हो कि जस्तो पनि देखिएको छ । हामी नेपालीबीच जातीय, धार्मिक र भौगोलिक सद्भाव र सहिष्णुता रहँदै आएको हो । तर, अहिले यो केही हदसम्म भड्केको हो कि जस्तो पनि देखिन्छ ।
तपाईंहरूको निर्देशनविपरीत अहिले टीकापुर, नवलपरासी, सिराहा, बर्दिया जस्ता विभिन्न ठाउँमा बन्दकर्ता र बन्दविरोधी बीच झडप भएको खबर आइरहेका छन् ।
हिजो नेपाली समाजमा जातीय, धार्मिक, भौगोलिक सहिष्णुता बाहिरबाट देखिएको थियो, भित्र केही विकृति नभएका होइनन् । यो बखत हामी सबै नेपाली जनताले विवेकपूर्ण र संयमतापूर्वक भएर आफ्ना अधिकार संविधान लेख्नुपर्छ ।
मधेसमा सीमा विवाद पनि छ । भारतीयहरुले नेपाली जनतालाई अनेक प्रकारले थिचोमिचो गर्दै आएका छन् । कहिले नेपाली भूमितिर नदी हुलिदिन्छन्, बेलाबेला सीमा क्षेत्रमा नेपालीलाई दुःख दिन्छन् ।
यो बेला देश र हरेक जनतालाई बलियो बनाउनुछ । यस्तो घडीमा नेपाली जनता, नेता मिल्नैपर्छ ।
मधेसी जनता मात्र होइन, महिला, दलित, जनजाति, सुदूरपश्चिमका जनतालाई पनि देश विकासको मूल प्रवाहमा आउने गरी अधिकार दिनुपर्छ । यी सबैको अधिकार स्थापित गर्न सबै न्यायप्रेमी नेपाली जनता एकजुट हुनैपर्छ । नेताले राष्ट्रभक्त भएर सोच्नैपर्छ ।

कैलालीको टीकापुर आक्रमणको योजना को खुलाशा !

कैलालीको टीकापुर आक्रमणको योजना को खुलाशा !

कैलालीको टीकापुरमा आयोजित थरुहट संघर्ष समितिको सभामा ‘नबोलाइएका अतिथि’ बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले दिएको उत्तेजक भाषण को नतिजा भन्न नमिले पनि घिउ मा आगो थप्ने काम थियो ।
आन्दोलनरत थारु समुदायलाई उत्तेजित पार्न उनीहरुले ‘घरेलु हतियार लिएर जाइलाग्न’ उक्साए ।
प्रदेश सीमांकनको विषयलाई लिएर पूर्वी तथा मध्यतराईमा आन्दोलन नउठेपछि ‘थारुलाई उचाल्ने’ रणनीतिसहित सुदुरपश्चिम पुगेका उनीहरुको यस्तो उक्साहटले ‘थरुहट प्रदेश’ माग गर्दै आन्दोलनरत समूहलाई दोधारमा पार्‍यो ।
थरुहट आन्दोलनमा सहभागीहरुमा दोधार हुनुको कारण– तीनैजना नेताले साम्प्रदायिक नारा लगाएर अर्को समुदायलाई लखेट्न उक्साएका थिए ।
केही दिन उनीहरुले के गर्ने भन्ने भेउ पाएनन् । त्यही क्रममा ४ भदौ दिउँसो टीकापुर नजिकैको दुर्गौलीमा ‘अखण्ड सुदुरपश्चिम’ पक्षधरले निकालेको जुलुस र थरुहट आन्दोलनकारीबीच जम्काभेट भयो र दुवै एकअर्कामाथि जाइलागे ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्‍यो । दुवैपक्षका आन्दोलनकारी तितरबितर भएपछि स्थिति साम्य भएको ठानियो । तर,  ७ भदौमा टीकापुरमा भएको भयानक घटना योजना ।
सुरक्षा स्रोतले प्राप्त गरेका सूचनाहरुले त्यही साँझ टीकापुर आक्रमणको योजना बनेको हल्ला सुनियको छ  ।
बैठकमा थरुहट संघर्ष समितिका कैलाली संयोजक रेशम चौधरी, एमाओवादीका वीरमान चौधरी र फुलराम चौधरी तथा बैद्य माओवादीका नेप बहादुर चौधरी लगायत सहभागी रहेको स्रोतको दाबी छ ।
वीरमान एमाओवादीबाट निर्वाचित पूर्वसभासद तथा फुलराम गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
नेपबहादुर पूर्व माओवादी लडाकूका डिभिजन सहायक कमाण्डर एवम् बैद्य माओवादीका कैलाली इन्चार्ज हुन् ।
घटना भइसकेपछि मात्र यसको भेउ पाएको बताउने एक उच्च सुरक्षा अधिकारी भन्छन्, “हाम्रो इन्टेलिजेन्स यसमा चुक्यो ।”
यति भयानक तयारीबारे बेखबर जस्तै रहेका सुरक्षा निकायलाई भुलभुलैयामा पार्ने योजना पनि त्यतिबेलै तयार भएको स्रोतको दाबी छ ।
पर्सिपल्ट धनगढीस्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको उपस्थितिमा जिल्लाका प्रमुख राजनीतिक दल तथा आन्दोलनरत दलहरुबीच बैठक बस्यो ।
बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा ‘अखण्ड सुदुरपश्चिम’ र ‘थरुहट आन्दोलन’का क्रममा उछृंखल गतिविधि नगर्ने, संयमित हुने र आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको उल्लेख छ ।
विज्ञप्तिमा प्रजिअ श्रेष्ठ, कांग्रेस, एमाले, संघीय समाजवादी फोरम, आदिवासी जनजाति महासंघका प्रतिनिधिसँगै वीरमान र नेपबहादुरले पनि हस्ताक्षर गरेका छन् ।
“यस्तो सहमति भइसकेपछि आन्दोलन उग्र हुँदैन र अप्रिय अबस्था पनि निम्तिँदैन भन्नेमा सुरक्षा निकाय ढुक्क भएजस्तो देखियो, सम्भावित खतराप्रति सचेत पनि भएनन्” घटनापछि यसको सुक्ष्म अनुसन्धान गरिरहेका एक सैनिक अधिकारीले भने, “सुरक्षा निकायलाई सरप्राइज दिन पो सहमतिको योजना बनाइएको रहेछ भन्ने देखिएको छ ।”
प्रहरीमाथि जुन किसिमबाट आक्रमण भएको छ, त्यो हेर्दा घटना योजनाबद्ध रुपमै गराइएको पुष्टि भएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
“प्रहरीलाई नियन्त्रणमा लिएर यति निर्ममतापूर्वक हत्या गरिएको छ कि, यस्तो कृत्य हिंजो यसैगरी हत्यामा संलग्न रहँदै आएका व्यक्तिले मात्र गर्न सक्छन्” एक उच्च प्रहरी अधिकृतले भने, “हिंजो पनि हत्यामा संलग्न रहँदै आएका र सैन्य तालिमप्राप्त व्यक्तिबाहेक अरुले यो गर्नै सक्दैनन् ।”
आक्रमणबाट ज्यान जोगाउन भागेका सशस्त्र प्रहरीका एसपी लक्ष्मणबहादुर सिंहले त थरुहटको आन्दोलनमा पूर्वमाओवादी लडाकु नै संलग्न रहेको बताएका छन् ।
 उनले भनेका छन्, “केही पूर्वलडाकू दुई दिनअघि आसपासका जिल्लाबाट कैलाली प्रवेश गरेको सूचना हामीले पाएका थियौं, तर आन्दोलन शान्तिपूर्ण हुने विश्वासमा हामीले बल प्रयोग नगर्ने नीति लियौं । हामीले गोली बर्साएको भए धेरैको ज्यान जाने थियो ।”
पूर्वदेखि पश्चिमसम्म मधेशीमोर्चा र थरुहट संघर्ष समितिले गरेको आन्दोलनमा बैद्य माओवादीले घोषित रुपमै सहयोग गर्दै आएको छ भने अग्रपंक्तिमा नदेखिएपनि विप्लव माओवादीका कार्यकर्ता समेत त्यसमा संलग्न रहेको सुरक्षा अधिकारीहरुको दाबी छ । एक उच्च सुरक्षा अधिकारीले भने, “आन्दोलनका क्रममा आफ्ना मुद्दा अर्कैले कब्जा गर्ने र भोटब्यांक गुम्ने खतराले कार्यकर्तालाई खुला छाडिएको देखिन्छ ।”
केही दिन अघिमात्र एमाओवादी नेता बाबुराम भट्टराईले ‘जनताको हितमा संविधान नबन्ने खतरा देखिएकाले सडकमा आगो बाल्न’ विभिन्न समूहलाई सार्वजनिक रुपमै उक्साएका थिए ।
आन्दोलन थरुहट आन्दोलनकारीको नियन्त्रणमा नरहेको यसका नेताहरुले नै सार्वजनिक रुपमा बताइसकेका छन् ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिब एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद रामजनम चौधरीले भने, “आन्दोलनमा घुसपैठ भएकाले यति अप्रिय घटना भयो ।”
यस्तो घटनाको तयारीबारेको सूचना सुरक्षा निकायहरुलाई पहिल्यै किन भएन ? गुप्तचर अधिकारीहरु भने सूचना नभएको भन्ने आरोपको प्रतिवाद गर्छन् ।
“सूचना थियो, यस्ता घटना हुनसक्छन् भनेर गृहमन्त्री र प्रधानमन्त्रीसम्मलाई सूचित गरिएको छ” स्रोत भन्छ, “सबै कुरालाई हल्का ढंगले लिइयो, आवश्यक सजगता अपनाउने काम भएन, त्यसैले यस्तो घटना हुनपुग्यो ।”
१० हजारभन्दा बढीको जुलुस टीकापुर छेउमै आइपुग्दासम्म भेउ नपाएको भएपनि हातहतियारसहितको जुलुस देखिसकेपछि पनि सजग नहुनु सुरक्षामा हदैसम्मको लापरबाही भएको गुप्तचर अधिकारीहरु बताउँछन् ।
“हातहातमा घरेलु हतियार बोकेर आएको हजारौंको भीड देख्दादेख्दै लट्ठी बोकेका प्रहरीलाई मात्र किन तैनाथ गरियो, एसएसपी आफै भीडमा किन गए, कुरा गर्दा एउटा दुरी किन कायम गरिएन, ब्याकफोर्समा रहेको प्रहरीले एसएसपीमाथि आक्रमण भइसकेपछि पनि गोली किन चलाएन, आक्रमण भइसकेपछि सशस्त्र प्रहरीले किन सहयोग गरेन ?” एक अधिकारीले भने, “आखैसामु त्यस्तो अबस्था देख्दादेख्दै केही नगरेपछि इन्टेलिजेन्सले थाहा पायो वा पाएन भन्नुको के अर्थ ? अब लापरबाही भयो भनेर कहाँकहाँ खोज्ने ?”
रनभुल्ल दलहरु
टीकापुर लगायत स्थिति संवेदनशील बनेका तराइका जिल्लामा दंगाग्रस्त क्षेत्र घोषणा गरेर स्थानीय प्रशासन ऐन अन्तर्गत् सेनालाई समेत परिचालन गरिएको छ ।
तर, आन्दोलन उग्र बन्दै गएका जिल्लाहरुमा स्थिति सामान्य भइसकेको छैन । ८ भदौमा रौतहटमा प्रहरीको गोलीबाट एक आन्दोलनकारीको मृत्यु भएको छ भने विभिन्न जिल्लामा स्थिति नियन्त्रण गर्न प्रशासनले कफ्र्यु र निषेधित क्षेत्र घोषणा गरेको छ ।
टीकापुरमा लगातारको कर्फ्यूबीच आन्दोलनको नेतृत्व गरिरहेका रेशम चौधरी र कैलाली–१ का सभासद जनक चौधरीको घरमा आगजनी र तोडफोड गरिएको छ ।
अनियन्त्रित भीडले थारु समुदायका घरहरुमा आक्रमण गर्नथालेपछि गाउँहरुमा पनि त्रास बढेको छ ।
अवस्था सामान्य बनाउन र सामाजिक सद्भाव खलबलिन नदिन प्रमुख दलहरुदेखि आन्दोलनकारीबाट समेत पहल नभएको टिप्पणी भइरहेको छ ।
८ भदौमा बसेको प्रमुख चार दलको बैठकले आन्दोलनका क्रममा उठेका मुद्दाहरुको सम्बोधन गर्न संवाद प्रक्रिया अघि बढाउने र संविधान निर्माण कार्य पनि नरोक्ने निर्णय गरेको छ ।

भाईले दाईलाई किन गोली हाने ? गोली प्रहार गर्ने दिनेश प्रहरी नियन्त्रणमा

अंशवण्डाकै लागि भाईले दाईलाई किन गोली हाने ? यस्तो छ कारण

गोली प्रहार गर्ने दिनेश प्रहरी नियन्त्रणमा

 धनगढीमा अंशबण्डाको विषय लिएर दिनदहाडै भाइले गोली हानी हत्या गरे दाइको ।
मध्यान्ह बाह्रबजेतिर धनगढी नगरपालिका- ५ स्थित लवलीचोकमा भाइले पेस्तोलबाट गोली प्रहार गरी दाइको हत्या भएको हो ।
धनगढीको जालीबाट जेठो दाजु मोहन बोहरालाई भेटेर अंशबण्डाका लागि कैलाली मालपोत कार्यालयमा युके ०६ आर २६३३ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा आइरहेका डोटी गड्सेरा गाविस ६ का ३० वर्षीय दिनेश बोहराले ३८ वर्षीय सहोदर दाइ कुमार बोहरालाई पछाडीबाट गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट घाइते भएका कुमारको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए । गोली प्रहार गर्ने दिनेशलाई राति साढे दशबजेतिर धनगढीको बेल जंगलबाट पेस्तोल र मोटरसाइकलसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक मनोहर भट्टले बताए ।
मोटरसाइकलको पछाडी बसेका दिनेशले कुमारको वाँया छातिमा गोली प्रहार गरी मोटरसाइकल लिएर फरार भएका थिए । सरदारको भेषमा रहेको दिनेशलाई रोक्न खोज्दा उल्टै पेस्तोल ताकेपछि आफूहरुले केहि गर्न नसकेको प्रत्यक्षदर्शी तुलाराम चौधरीले बताए । उनी घटनास्थलबाट मोटरसाइकल चलाएर उत्तरतिरको बाटो लागेको तुलारामले बताए ।
तीन दाजुभाई मध्ये मोहन डोटी तथा कुमार र दिनेश भारतको रुद्रपुरमा बसोबास गर्थे । मोहन शारिरीकरुपमा अशक्त छन् । मोहन डेढ महिना पहिले जग्गाको अंशबण्डाका लागि डोटीबाट धनगढी आएका थिए ।
कुमार र दिनेश आइतबार मात्र अंशबण्डाका लागि नेपाल आएको उनकी दिदी सीतादेबी क्षेत्रीले बताइन् । मंगलबार बिहान तारानगरमा रहेको सीताको घरमा कुमार र दिनेशबीच अंशबण्डा सम्बन्धी बिवाद भएको थियो ।
‘आफूले यहाँ (आफ्नो घरमा) झगडा नगर, अन्तै जाउ’ भनेपछि दुबै जना बिहान दशबजेतिर एउटै मोटरसाइकलमा गएका थिए । त्यसपछि के भयो थाहा भएन्,’ दिदी सीताले भनिन्,’ ‘एकैपटक गोली हानेको खबर आयो ।’
दिउँसै गोली चल्नुले घटना गम्भीर छ । गोली प्रहार गर्ने दिनेशलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी बिक्रबहादुर चन्दले बताए । को हुन् कुमार, आफ्नै भाईबाट किन मारिए ?
विभिन्न अपराधिक गतिविधिमा संलग्न भइरहने ४० वर्षीय कुमार भगौडा कैदी हुन् । कुमार २०६० असार १३ गते डाँकाचोरी मुद्दामा पक्राउ परी कैलाली कारागारमा पुर्पक्षका लागि थुनुवामा परेका थिए ।
उनी २०६१ साल माघ २७ गते तत्कालीन माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा भागेर फरार रहेको कैलाली कारागारका जेलर पुष्कर खड्काले बताए ।  खड्काले भने कुमारलाई फरार सुचीमा राखी प्रहरीले खोजतलास गरिरहेको थियो । दुई छोरासहित धेरैजसो भारतमै बस्ने कुमार बेलाबेला नेपालमा आएर विभिन्न घटना घटाएर उतै जाने गर्थे । सानैमा आमा गुमाएका कुमार चौविसै घण्टा हतियार बोकेर हिड्ने गरेको उनकी दिदी सीताको भनाई छ । सीताका अनुसार, दिनेशले धेरै असह्य भएपछि गोली चलाएको हुनुपर्छ ।
‘दिनेश सोझो ब्यक्ति हो । कुमारले उसलाई (दिनेश) र जेठो दाइ मोहनलाई आफ्नो छोरा भरतको नाममा घरको सवै अंश नामसारी गरिदिनुपर्ने नत्र जतिबेला जे पनि हुनसक्छ भन्दै धम्क्याउने गर्दथ्यो’- दिदी सीताले भनिन् । मंगलबार प्रहार गरिएको पेस्तोल पनि मृतक कुमारकै रहेको आफन्तजनको भनाइ छ ।
‘मृतक कुमारले पहिले देखिनै आफ्ना दाइभाइ तथा आफन्तजनलाई मारिदिने धम्की दिने गरेको थियो ।  (कुमार) ले आफ्नो बुबाको नाममा रहेको सवै घरजग्गा आफ्नो छोरा भरतको नाममा पास गराउन खोज्थ्यो तर भाइ र दाइले मानेका थिएनन् । त्यहि भएर घटना घटेको’- आफन्त पदम बोहराको भनाइ छ ।
फागुनमा डोटीको विपिनगरमा कुमारका बुबा खेमसिंह बोहरा मृत अवस्थामा फेला परेका थिए । घटना भएको दुई सातापछि अर्थात् २७ फागुनमा मृत फेला परेका खेमसिंहको पनि कुमारले नै हत्या गरेको आफन्तजनको आरोप छ ।
‘बुबाको हत्यामा कुमारको हात छ भन्दै प्रहरीलाई जानकारी गराएँ । त्यसपछि पनि कुमार हतियार लिएर हिँड्छ । उ भगौडा कैदी पनि हो भनेर प्रहरीलाई उसको फोटो, भारतीय नम्बरको मोटरसाइकल, नागरिकता नम्बर, मोवाइल नम्बर लगायत सवै घटना बारे कैलाली प्रहरी कार्यालयमा मौखिक जानकारी गराएकी थिएँ,’ सीताले भनिन्, ‘तर, प्रहरीले केहि चासो नदिएर उसको अपराधि गतिविधिले प्रश्रय पाइरह्यो ।’
कुमारको कुटपिट तथा हिंसा सहन नसकेर श्रीमती दुई छोरा छोडेर अर्कै सँग गएको आफन्त पदमको भनाइ छ । त्यस्तै, कुमारले कैलाली गेटाका मोहन भट्ट सँग ३५ हजार रुपैयाँबाट आठ लाख रुपैयाँ असुलेर अझै १० लाख रुपैयाँ दिनुपर्ने नत्र मारिदिने भन्दै धम्की दिदै आएका थिए । भट्टले कुमारका बुबा खेमसिंह ३५ हजार रुपैयाँ सापटी लिएका थिए ।
यसैगरि केहि महिना अगाडी कुमारले अत्तरियाकी एक युवतीलाई ललाईफकाई भारत लगेर पुनः नेपाल ल्याई कञ्चनपुरको बनमासा पुल नजिक नेपालतिर पर्ने ठाउँमा सख्त कुटपिट गरेर मरी सकी भनेर छोडेर भागेका थिए । पछि ति युवती जिउँदै देखेर स्थानीयले खबर गरेपछि माइती नेपालले उद्दार गरेर बचाएको थियो । हाल ति युवती विवाह गरेर बसेकी बताइन्छ ।
‘कुमारका उल्लेखित घटना सामान्य हुन् । त्यसको स्वभावै अपराधिक खालको थियो’- सीताले भनिन् । आफ्ना दाजुभाइ लगायत आफन्तजनहरुलाई पटक पटक मार्ने धम्की दिने कुमार भारतको रुद्रपुरमा बस्ने भएपनि मोटरसाइकलमा आएर अपराधिक घटना घटाएर पुनः भारतमै जाने गरेको आफन्तजनले बताए ।

सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता । सुशील, केपी, प्रचण्ड र गच्छदारलाई एकवर्ष कैद र रु १० हजार जरिवाना माग !

सुशील, केपी, प्रचण्ड र गच्छदारलाई एकवर्ष कैद र रु १० हजार जरिवाना !
 प्रमुख चारदलबीच भएको सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै शीर्ष चार दलका नेतालाई एकवर्ष कैद र रु १० हजार जरिबानाको मागसहित सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता  ।
अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलद्वारा दर्ता गरिएको मुद्दामा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, संविधानसभा सदस्य तथा संवैधानिक राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराईलगायतलाई सजाय दिन माग ।
 नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतम, सभामुख सुवास नेम्वाङ, संविधानसभा सदस्य कृष्णप्रसाद सिटौला, अइन्द्रसुन्दर नेम्वाङलाई पनि सोहीबमोजिम कारबाही गर्न माग  छ । उहाँहरुले विभिन्न ठाउँमा सर्वोच्च अदालतको आदेश विपरीत अभिव्यक्ति दिएकाले उहाँहरुलाई एकवर्ष कैद र रु १० हजार जरिवाना गर्न माग गरेको अपहेलनाको मुद्दामा उल्लेख छ ।
चारदलका शीर्ष नेताले गरेको सोह्रबुँदे सहमतिमा प्रदेशहरुको सीमा र नामकरण नगरी संविधानसभा विघटन हुने जनाइएको थियो । उक्त सहमतिविरुद्ध त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विजयकान्त कर्णले रिट निवेदन दायर गरेपछि  असार ४ गते सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अन्तरिम आदेशमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३८ बमोजिम राज्यको अग्रगामी पुनःसंरचना हुनुभन्दा अगाडि संविधानसभाको विघटन हुनु विद्यमान संविधानको विपरीत काम भएको उल्लेख छ ।

गम्भीर प्रकृतिको अपराध गर्ने कृपासुरलाई पटकपटक पुरस्कृत गरियो । (झाँक्री नेकपा एमालेको युवा नेतृ एवं केन्द्रीय सदस्य )

महिला हिंसा बिरूद्धको अभियान गर्ने अनेमसंघ जस्तो संगठन पनि छ हामीसँग । त्यसको अध्यक्ष क. विद्या भण्डारी नेपाली महिला आन्दोलनकै नेता हुनुहुन्छ ।
    सबैलाई जानकारी भएकै विषय छ बैद्यानिक ढंगले राखेका श्रीमतीकै संख्या तीन छ कृपासुरसँग ।
धेरै महिला सभासदहरू हुनुहुन्छ जसले महिला हिंसाका बिभिन्न प्रबृतिका बारे बहस गरिरहनु भएको छ, कानुन बनाउन । यस्तो नैतिकहराम ब्यक्तिलाई मन्त्री बनाउँदा पक्कै प्रश्न गर्नुहोला भन्ने लागेको थियो तर त्यसो पनि भएन । तर, ढिलो भएको छैन अब बोलौँ ।
३७ वर्ष हुँदासम्म  छोराको परिचय नखुलेको  हेर्नुस न, उसलाई पनि जान्ने बुझ्ने भएपछि कस्तो भयो होला ? यस्तो गम्भीर प्रकृतिको अपराध गर्ने ब्यक्तिलाई पटकपटक पुरस्कृत गरियो । निर्वाचनमा टिकट दिएर । अहिले त्यतिले मात्र नपुगेर मन्त्री नै बनाइयो । सबैलाई जानकारी भएकै विषय छ बैद्यानिक ढंगले राखेका श्रीमतीकै संख्या तीन छ कृपासुरसँग ।
के आज आएर मन्त्री पद बचाउनकै लागि छोरो र श्रीमती स्वीकार गर्दैमा उनले उन्मुक्ति पाउँछन् ? बर्षौ पीडामा बाँचेर त्यही ब्यक्तिलाई पति पाउँदा ती महिला त खुसी नै होलिन । के हामीले गणेश शेर्पा र उनकी आमाको निजी समस्या तत्काललाई मिल्यो भनेर कृपासुर प्रवृतिलाई पार्टीभित्र जोगाई राख्न मिल्छ ? के यसरी ‘हाम्रो पार्टी र हाम्रा नेता’ नेपाली महिला मुक्ति आन्दोलनको सारथी बन्ला ? मलाई त शंका लाग्छ । त्यसकारण पार्टीको छवि धुमिल नगर्न नेतृत्वलाई आग्रह गर्छु । आफ्ना खल्तीका सडेका नोटको मोह नगर्नुस् । त्यसको कुनै मुल्य हुनेछैन भन्ने चेतावनी पनि दिन चाहन्छु । के यस्ता निर्णयले पार्टी लोकप्रिय बनेको छ जस्तो लाग्छ ? म पार्टी नेतृत्वलाई भ्रममा नपर्न अनुरोध गर्छु कि केही थान आफ्ना मान्छे खुसी बनाउँदा हजारौ नेता कार्यकर्ताको बलिदानबाट बनेको यो पार्टीको विरासतलाई वलिभेदीमा नचढाउनुस् । आजको दिनमा हामीलाई आग्रह र पूर्वाग्रहले ग्रस्त नेतृत्व होइन्, विवेकपूर्ण नेतृत्व चाहिएको छ । ब्यक्तिका आग्रह र पूर्वाग्रहमा पार्टी  जान सक्दैन । अतः पर्यटन मन्त्री कृपासुर शेर्पालाई तत्काल मन्त्रीपदबाट हटाउन म पार्टी अध्यक्ष कमरेडलाई आग्रह गर्छु र पार्टीभित्र अनुशाशनको कारबाहीका लागि समेत बाटो प्रशस्त गर्न अनुरोध गर्दछु ।
मन्त्री हरि पराजुलीले सार्वजनिक स्थानमा अशोभनीय ब्यबहार गरे उनलाई मन्त्रीबाट हटाइयो । तर पार्टीभित्र अनुशासनको कारबाही समेत गरियोस् । ताकि भोलिका दिनमा सबैका लागि शिक्षा बनोस ।
झाँक्री नेकपा एमालेको युवा नेतृ एवं केन्द्रीय सदस्य ।

Tuesday, August 25, 2015

पिनास बाट कसरी बच्ने ?


पिनास :पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्‍याउने एक  रोग हो । जसलाई साइनोसाइटिस भनिन्छ ।
साइनोसाइटिस साइनस(sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो । साइनस टाउँको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् ,जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाइ रुघा तथा एलर्जी हुन्छ,  यी साइनसमा सिगाँन भन्ने तरल पदार्थ भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । व्याक्टोरिया एवं भाइरस विकसित भई पिनास भन्ने रोग उत्पन्न हुन्छ ।
विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसन (Inflammation)को आधारमा पिनासको वर्गीकरण गरिएको छ  ।
१) फ्रन्टलसाइनस (Frontal sinus) –निधारमा हुन्छ ।
२) म्याक्जिलरीसाइनस (Maxillary sinus) –दुवैतिर गालाको भित्री भागमा ।
३) इथमोइडल साइनस (Ethmoidal sinus) –आखाँहरुको बीचमा ।
४) स्फेनोइडल साइनस (Sphenodal sinus) –इथमोइडल साइनसको भित्री भागमा ।

पिनास दुई प्रकारका हुन्छन् :-

१)  एक्युट साइनोसाइटिस (पिनास):- ३० दिन भन्दा कमको पिनास ÷१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ, भने १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।
२)  क्रोनिक साइनोसाइटिस (पिनास):- ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जीक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनास हुनुका मुख्य कारणहरु:-
१)  साइनस (Sinus) को भित्री भागमा केहि गरी अवरोध वा रोकावट हुनु ।
२)  एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु ।
३)  नाकको भित्री भागमा मासु पलाउनु –Nasal polyp वा ट्युमर हुनु वा नाकको
भित्रको हड्डी बाङ्गिनु ।
४)  एलर्जी गराउने कुनै वस्तु, खाना, धुँवा–धुलो, गन्ध आदि ।
५)  कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।

पिनासको लक्ष्णहरु

१) नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।
२) टाउँका को अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने
३) गन्ध वा बास्ना थाहा नपाउने
४) नाकबाट बाक्लो, पहेलो र गन्द युक्त सिगाँन बग्ने ।
५) दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको
पीडा वा कानको दुखाई हुनु ।

योग तथा प्राकृतिक चिकित्सा:-

१) योग चिकित्सा:-

–अनुलोम विलोम प्राणयाम
–कपालभाति प्राणायाम
–सूर्यवेदि प्राणयाम

२) प्राकृतिक चिकित्सा:-
–जलनेति वा सूत्रनेती
–अनुहारको मालिस
–अनुहारको वाष्पस्नान
–नास्य, शिरोवस्ती र शिरोधारा
–उष्णपादस्नान
–एक्युपंचर, एक्यूप्रेशर र रिफ्लेक्सोतोजी विधि

आहार सम्बन्धी जानकारी:-

१) प्रशस्त मात्रामा खानु पर्ने:-
–हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी
–हर्वल चिया, कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह
–भिटामिन बी–१२ र भिटामिन सि युक्त खाना तथा फलफूल आदि

२) कम मात्रामा खान हुने:-
–चिसो गर्ने परिकार जस्तै ः–गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि मासको दाल आदि ।
–धु्म्रपान, मद्यपान, सुर्ती जन्य पदार्थ नखाने ।
–कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका
लागि मैत्री खाना होइनन् ।

भाईलाई घरमा बोलाउनु महंगो सावित भयो ।

गाजियाबादमा एक पुरुषका लागि
आफ्नै भाईलाई घरमा बोलाउनु महंगो सावित भयो  ।
यी पुरुषले दुई वर्ष पहिले घर–परिवारको रेखदेखका लागि जून युवतीसँग कोर्ट म्यारिज गरेका थिए, उनी नै उनलाई छाडेर देवरसँग भागेर गएकी छिन्, जसले ती भाईलाई नौकरी दिने भनेर आफू भएको ठाउँमा बोलाएका थिए ।
आफ्नै भाउजू भगाउने युवक पीडित पुरुषका काका का छोरा हुन् । काकाकै आग्रहमा पीडित पुरुषले भाइलाई आफ्नो घर बोलाएर जागिर पनि दिएका थिए । एकै घरमा बस्दा भाउजूसँग उनको हिमचिम बढ्यो र उनले भाउजूलाई भगाएर लगे ।
पीडित पुरुषले प्रहरीमा भाइविरुद्ध आफ्नी श्रीमालाई भगाएको आरोप लगाएर मुद्दा दर्ता गराएका थिए । उनको उजुरीपछि देवर–भाउजूलाई पक्राउ गरी चौकी हाजिर गराएको छ । पुलिस हिरासतमा युवतीले स्वीकार गरेकी छिन् कि उनी आफ्ना देवरलाई प्रेम गर्छिन् ।

भगवान बाट पनि गल्ती हुन्छ रे यस्कारन हे साथी हो हामी बाटो गल्ती हुनु ठुलो कुरो होइन tongue

एक्लो पन को महसुस हुदै छ आज कल था छैन कुन्नी किन हो ! यसैले केही धर्म सम्बन्धी कुरा गरि मन बहलाउने कोसिस गर्दै छु र सायद म जस्तै अरु पनि धेरै होलान जो मन को बेदना को अर्थ बुज्न नसकी भौतारिदा दुनिया को अगाडि पागल भै तिरस्कृत रहनु बाध्य भयको छ उनिहरु को लागि सानो कथा आफ्नो मन आफइ मा भुलाउन को निम्ति smile emoticon हजारौ बर्स अगादि को कथा हो यो सन्सार मा सबै भन्दा ठुलो भग्वान जो यो सन्सार को शृस्तिं कर्ता रचयता हुनुहुन्छ भग्वान श्री बिष्णु उहाँ को परम भक्त ब्रम्हा पुत्र नारद मुनि हुनुहुन्थ्यो जो सोयम भग्वान हुनुहुन्थ्यो भगवान् पनि रिस गर्नु हुन्छ रे अनि लोब पनि र डाहा पनि र भगवान बाट पनि गल्ती हुन्छ रे यस्कारन हे साथी हो हामी बाटो गल्ती हुनु ठुलो कुरो होइन tongue emoticon मलाइ लाग्छ आफ्नो गल्ती सम्झी दुखी हुनु हुन्न किनकी गल्ती नै सिक्ष्या को पहिलो चरन हो र गल्ती नदोहोराउनु नै पर्मेसोर को पुजा गर्ने एक मात्र बिदि हो smile emoticon भगवान श्री नारद मुनि ले पनि गल्ती गर्ना ले नै ठुलो सिक्ष्या हासिल गर्नु भको थ्यो smile emoticon नारद मुनि को मन मा अचानक भ्रम सिर्जना भयछ र घमण्ड ले उहाँ आफै खुसी हुँदै सारा देबि देवता लाई पनि मान्न छोडनु भयछ र सोच्न थाल्नु भयछ कि सन्सार को शृस्ती कर्ता रचयता जो भगवान श्री बिस्नु हुनु हुन्छ जो भगवान को पनि भगवान हुनु हुन्छ उहाँ को परम भक्त म नै हो फेरि किन अरु लाई मैले मान्ने भनी गर्व गर्न थाल्नु भयछ र सोच्न थाल्नु भयछ सारा सान्सार र देबि देवता ले मलाइ पुज्नु पर्ने हो अबो यो कुरो सबै देबि देवता हरुलाइ भग्वान बिस्नु को आग्या लियर भन्ने छु भनी बिस्नु लोक जानू भयछ तर भगवान बिस्नु त अन्तर यामी हुनु हुन्थ्यो उहाँ सबै को मन बुज्न सक्नु हुन्थ्यो यस्कारन भगवान बिस्नु ले नारद मुनि को असिक्ष्या हटाउनु युक्ती निकाली नारद मुनि ले केही बोल्न नपाउदै भन्नू भयछ हे मेरो परम भक्त नारद तिमी ठिक समय आइपुगेउ मलाइ मेरो पृथ्वी को ठुलो भक्त लाई भेट्न मन लागेको छ हिन पृथ्वी जाम मलाइ तिम्रो खाचो छ नारद मुनि मन मनै खुसी हुँदै सोच्न थाल्नु भयछ मेरो पर्मेशोर श्री बिष्णु लाई पृथ्वी बासी आफ्नो भक्त को पनि कति चिन्ता अहो अबो त मेरो इक्ष्या पूरा हुनेभो केही समय पछि सारा देबि देवता ले नारायण भक्त नारद यानिकी मेरो पुजा गर्नेछ्न भन्दै हर्सित हुँदै पृथ्वी तिर नारायण भक्त लाई भेट्न जानुभयछ र पृथ्वी मा पुगि दुबै जना मनुष्य रुपि जोगि रुप धारन गरि हिंड्न् सुरु गर्नु भयछ र साज तिर यक किसान ले देखेर भनेछ प्रभु हजुर हरु अलौकिक जोगि हुनुहुन्छ जस्तो छ हजुर हरु को तेज देख्ता सादारन जोगि लाग्दैन यस्कारन हे प्रभु हो मलाइ हजुर हरु को सेवा गर्ने मौका दिनुहोस हजुर हरु पैदल यात्रा गर्नाले थाक्नु भको छ होला मेरो घर यहि नजिक छ भगवान को कृपा ले मेरो बाली नाली प्रसस्त छ अनि मेरा जान परिवार लाई पनि भगवान को कृपा ले दुई पेट भरिपुर्न दिन सक्ने छेमता पायको को छु र यो नगर मा सबै भन्दा धनी र सुखी परिवार मा गनिन्छु हजुर हरु लाई केही सेवा गर्ने मौका दिनुहोस प्रभु भनी घुडा ले भुइ टेकि दुई हात जोडी प्रार्थना गरेछ्न र जोगि रुपि श्री बिष्णु ले ती किसान को टाउको मा हात राखी बर्दान दिनु भयछ हे भक्त तिम्रो ठुलो मन भावना देखि हामी प्रसन्न भयौ तिम्रो बाली नाली सदा राम्रो होउन तिमिलाइ दुख कैले नपरुन र तिम्रा सन्तान ले डाडा काडा ढाकुन हामी लाई धेरै टाढा जानुछ कृपया नरोक हामी जान्छौ भनी हिंड्नु भयछ र नगर को अन्तिम भाग तिर पुग्दा अर्को गरिब अनि सन्तान हरु ले पनि टालेको फातेको र एक पेट भरिपुर्न खान नपौने किसान को घर पुगि बास माग्नु भयछ र ती गरिब किसान ले आफुले आदा पेत खाइ आफ्ना बालबच्चा लाई दिने गरेको मा त्यो दिन आफू हरु भोकै बसि भयपनी आफ्नो सरन माग्न आयको भिक्छु हरु लाई खाली हात पठाउनु हुन्न भनी आफुहरु भोकै भयपनी जोगि रुपि बिस्नु र नारद मुनि को सेवा गरि भर्पेट खान्दी बास दियछ र भोलि पल्ट सबेरै उठेर जोगि रुपि श्री बिस्नु ले नारद मुनि लाई हिंड अबो हामी जानू पर्छ भनी नारद मुनि लाई उठाउनु भयछ र जाने बेला मा ती गरिब किसान को टाउको मा हात राखी जोगि रुपि श्री बिष्णु ले भन्नू भयछ तिम्रो सेवाले हामी प्रसन्न भयौ तिम्रो धर्म देखि हाम्रो मन कृतग्य भयको छ तिमी जस्तो धर्मात्मा को घर मा बस्न पाउँदा जुन आनन्द को अनुभूति भो यस्मा हामी कृतग्य भय को छौ तिमी समान धर्मात्मा यो सन्सार मा दुर्लब छ तिम्रो भगवान प्रती को आस्था अजै वृद्धि होस र तिम्रो धर्म को वृद्धि होस तिमिलाइ सुख भन्ने कैले नहोउन तिम्रो बाली नाली कैले नसप्रुन तिमिलाइ दुख ले कैले नछोडाेस तिम्रा सन्तान हरु को पनि अल्प आयु होस र तिमी ले यो सन्सार मा धेरै जिउन नपरुन तिम्रो दुख को वृद्धि अझै तिब्र गतिले होस भनी जोगि रुपि श्री बिष्णु भगवान हिंड्नु भयछ अनि त नारद मुनि को होस नै उडेछ नारद मुनि को दिमाख ले काम गर्नै बन्द गरेछ अनि धेरै लामो बाटो को सफर पछि नारद मुनि को होस आयछ अनि भगवान श्री बिष्णु सङ्ग बिनम्र सोर ले सोध्नु भयछ प्रभु हजुर यो शृस्ती को रचयिता हुनुहुन्छ पलभर मै यो सन्सार लाई नस्ट गर्न नि सक्नु हुन्छ अनि पलभर मै सन्सार को शृती पनि र यो सन्सार को हर पशु पन्छी जीव आत्मा सबैको मन को कुरा पनि बुज्नु हुन्छ फेरि जस्ले हजुर को सेवा गर्छु मात्र के भनेको थियो उसलाई धन बैभव र सुख को बर्दान दिनु भो अनि जस्ले आफुले खाली पेट बसेर भय पनि हाम्रो सेवा गर्यो उस्लाइ किन श्राप दिनु भो म यो कुरा देख्दा केही क्षेन होस गुमाउन पुगे र अहिले पागल जस्तै भयको छु प्रभु मेरो प्रस्न को जवफ दिनुस अनि मलाइ पागल बन्न बाट बचाउनुस प्रभु भनी दुई हात जोडी घुडा ले जमिन टेकि प्रार्थना गर्न थाल्नु भो अनि श्री बिष्णु भग्वान मुस्कुराउदै भन्न थाल्नु भो ! हे नारद ज्ञान नै भगवान प्रापती को द्वार हो सुन र भगवान को प्राप्ति गर्ने कोसिस गर यो पृथ्वी मा मानिस हरु सदाको लागि जिवित हुन असम्भव छ यहाँ केइ समय बिताइ आफ्नो घर फर्कनु पर्छ हर आत्मा पाँच तत्वो ले बनेको शरीर त्यागी आफ्नो सन्सार मा फर्कनु पर्छ र जब सम्म पाँच तत्वो को शरीर आत्मा ले लुगा लगाय झै धारन गर्छ अवस्य पनि उस्ले यो सन्सार को नियम दुख सुख अनि पिडा हर कुरा को अनुभव गर्नै पर्छ यो नै सन्सार चक्र को नियम हो र जबसम्म आत्मा ले पाँच तत्व को शरीर त्याग्दैन उस्लाइ सत्य को ग्यान हुन असम्भव छ यो पृथ्वी मा माकुरो को जाल जस्तो हर पाइला मा नियम हरु हुन्छ्न जहा दुख सुख पिडा अनि लोप मोह पाप कर्म सबै हुन्छ्न अनि सोच त जस्ले आफू खाली पेट बसेर भय पनि हामी लाई पेट भरी खान दियर हाम्रो सेवा गर्यो तेस्तो धर्मात्मा अनि महान बिचार भयको पबित्र आत्मा लाई यो सन्सार मा म कसरी लामो समय सम्म राख्न सक्छु तेति पबित्र मन भको मानिस को आत्मा लाई कहि कतै पाँच तत्व बाट बनेको उस्को शरीर को कारण अन्जान मै पाप कर्म नहोउन भनी यो सुख दुखको सन्सार बाटो चाडै मुक्ती को द्वार खोलिदियको मात्र हो उस्लाइ हक छ त्यो सन्सार मा जिउन जहाँ दुख कैले हुन्न जहाँ सुख मात्र हुन्छ जहाँ पाप हुन्न जहाँ धर्म मात्र हुन्छ उस्लाइ हाम्रो सन्सार मा आउनको निम्ति बर्दान दियको हो मैले नारद यस्लाइ तिमी किन अन्यथा लिरहेछौ हिन अबो केही समय पछि हामी पृथ्वी को मेरो ठुलो भक्त को घर मा पुग्नेछौ र मलाइ मेरो भक्त लाई हेर्न मेरो मन तर्पिरहेछु हिन जाउ र तेहा केही दिन तिमी ले बस्नु चाहे बस्न पाउनेछु देवलोक मा तिमी मेरो महान भक्त हौ अनि देवलोक को मेरो महान भक्त र मृत्यु लोक को मेरो ठुलो भक्त यक साथ केही दिन बस्नाले तिमिहरुको भक्ती इतिहासमा यो सन्सारको अन्त्य समयसम्म मेरो भक्त हरु को लागि प्रेरनाको पात्रो बन्नेछ र मेरो भक्ती गर्ने नियम पनि यो सन्सारले बुज्ने छ्न हिन जाउ भनी नारद मुनि लाई यक किसान को घर पुगि श्री बिष्णु भग्वान भन्नू हुन्छ हे नारद म आज धेरै खुसी छु हेर मेरो ठुलो भक्त को घर आइ पुग्यो र मैले उस्लाइ लामो समय देखिन भेट्न पायको थिन जाम हिंड मलाइ उस्को हात को पानी खानु छ म प्यासी भको छु भनी किसान को घर गै किसान सङ्ग पानी मागेर खाइ किसान लाई भन्नू भो श्री भगवान बिष्णु नारायन ले हे किसान म केही दिन को लागि तपस्या गर्न हेतु त्यो पहाड मा जाँदै छु मेरो सिस्य लाई केही दिन यहाँ बस्न को निम्ति बास देउ बरु मेरो सेवक ले तिमिलाइ तिम्रो काम मा केही मदत पनि गर्ने छ भन्नू भो र किसान ले पनि हुन्छ भनी जोगि रुपि नारद मुनि लाई राखे र केही दिन नारद मुनि तेइ किसान को घर मै बस्नु भो किसान सङ्गै र नारद मुनि जति दिन किसान को घर मा बस्नु भो तेति नै नारद पागल झै बौलाउन थाल्नु भो र नारद को दिमाख ले हर दिन पागल पन को सिकार हुन पुग्नु भो र तेहा बसे पागल होइन्छ र भगवान को भक्ती बिर्सन्छ भनी नारद मुनि हप्ता दिन मै तेहा बाटो पलायमान भै बिष्णु लोक गै श्री बिष्णु भगवान लाई हात जोडी भन्न थाल्नु भो प्रभु घोर पाप आश्चर्य असम्भव हे पर्भु हे जगत पालक हजुर को ठुलो अपमान भो हजुर को भुतपुर्व भक्त जो पृथ्वी को ठुलो भक्त थ्यो त्यो त महा पापी भयछ लौन मैले सहन गर्न सकिन त्यो पापि लाई सजाय दिबक्सियोस प्रभु भन्दै आतियको अवस्था मा भगवन नारद मुनि दुई हात जोडी बिष्णु भगवान को अगाडि उभि नमन गर्दै चिन्तित मुद्रा मा बस्न थाल्नु भो अनि भगवान श्री बिष्णु मुस्कुराउदै भन्नू भो हे नारद शान्त होउ र मलाइ बिस्तार मा भन भन के भो मेरो पृथ्वी को ठुलो भक्त ले के पाप गर्यो के बिरायो ? अनि नारद मुनि भन्नू हुन्छ हे प्रभो हजुर को भक्त त धर्म हिन भैसकेछ हजुर को भक्त त आजकल हजुर को नाम समेत नलिने भैसकेछ अनि मैले हजुर को नाम जप्नुस भने को त मान्दै मानेन अनि लौ ठिकै छ तलाइ भगवान बिस्नु ले हेर्नू हुन्छ भनी मन मनै सोच्दै तेहि बसे केही दिन हजुर को आग्या पालन को निम्ति तर प्रभु तेस्ले त मलाइ हजुर को नाम 24 घन्टा लियर नबस भन्दै थर्कायो यस्कारन म तेहा बाटो भगेर आको हो प्रभु हजुर को भक्त हु म यस्कारन मेरो त हर सास फेर्दा समेत हजुर को नाम जप्ने गरेको म त्यो हजुर को नाम यक्चोटि नजप्ने सङ्ग यक क्षेन बस्न पनि मेरो लागि नर्क समान भयो र भागेर आयको प्रभु भन्दै निरास मुद्रा मा इस्तुती बन्दना गरि उभिनु भो अनि श्री बिष्णु भगवान मुस्कुराउदै भन्नू हुन्छ हे नारद कुनै पनि पिता ले आफ्नो सन्तान लाई आफुले दियको आग्या अनुसार त्यो गर्छ र पिताको को इक्षा अनुसार कार्य गर्ने समयमा पिता लाई समेत भुली पिताको आग्या अनुसार कार्य गर्छ भने त्यो नै पिताको लागि असल छोरो साबित हुन पुग्दछ यसकारन हे नारद तिमी भ्रमित नहोउ उ नै मेरो ठुलो भक्त हो पृथ्वी भरिमा र उस्ले मेरो नाम जप्ने छ समय आयपछी जब उस्ले पाँच तत्वले बनेको शरीर त्याग्ने छ अनि मेरो नै नाम जप्ने छ जुन पृथ्वी बासी ले मैले बनायको नियम र मेरो आग्या अनुसार बाच्नेछ त्यो नै मेरो ठुलो भक्त कहलाउने छ त्यो किसान ले दैनिक कार्य गर्दा सदै काम मा ध्यान दिन्छ अनि आफ्नो बालबच्चा र श्रीमति लाई आफू लाई भन्दा धेरै माया गर्छ अनि उस्ले कसै को लोप मोह गर्दैन उस्ले पर स्त्री माथी कैले बेभिचार समेत गरेको छैन र उस्ले आफन्त हरु लाई पनि परिआयको अफ ठेरो समय मा मदत गरेकै छ र उस्ले कसैको चित्त पनि दुखायको छैन र उस्ले जानी जानी बिनाकारण यक किरा को समेत ज्यान लियको छैन र उ आफ्नो जिन्दगी सङ्ग खुसी छ मैले पृथ्वी बासिको लागि बनाइदियको नियम पूरा गरेकै छ तसर्थ हे नारद उस्ले मेरो नाम पृथ्वी मा रहुन्जेल लिनेछैन तर मेरो नियम को दायरा भित्र बसेर जिउछ भने उ नै मेरो परम भक्त हो मैले दियको आग्या पालन नगरि मेरो नाम मात्र लियर अरु हरु जो मेरो आग्या पालन गर्न खोजिरहेछ उनिहरु लाई पनि मेरो नाम लियर मेरो आग्या पालन गर्न नदि कन भ्रमित गर्छ भने उ मेरो अनुयायी हइन दुस्मन हो हे नारद तिमी मेरो ठुलो भक्त थियौ देवलोक भरिमा मैले त सोचिरहेको थिय म यो सन्सार को शृस्ती कर्ता रचयिता हु र तिमी मेरो ठुलो भक्त यसकारण सारा देबि देवता भन्दा उच्छ स्थान मा राख्ने बिचार मा थे तर हे नारद तिमिले मृत्यु लोक को मेरो ठुलो भक्त लाई मेरो नाम लियर भ्रमित गर्ने कोसिस गरेउ अबो तिमी पापी भयको छौ र मेरो दुस्मन पनि साबित भयौ अबो तिमिलाइ के गरुम भन त भनी मौन भै बस्नु भो अनि नारद मुनि भग्वान ले श्री बिष्णु भगवान लाई माफी मागी फेरि कैले पनि गल्ती नगर्ने प्रण गर्नु भो यस्कारन हे मेरो साथी हो भगवान को बिना अर्थ नाम नलिम र भग्वान को आग्या चै पुर्न तह पूरा गरने कोसिस गरुम न हुन्न ?

महाभारतको लडाइँमा मारिएका भिमका छोरा घटच्व को १८ फिटको कंकाल फेला पारेको जनाएको छ

National Geographic Channel Team ले उत्तर भारत खण्डमा
महाभारतको लडाइँमा मारिएका भिमका छोरा घटच्व को १८ फिटको कंकाल फेला पारेको जनाएको छ।जुन ६ हजार वर्ष भन्दा पुरानो मानिएको छ!

पूर्वअर्थमन्त्री समेत भैसकेका पूर्वप्रधानमन्त्री एवं एमाओवादीका नेता डा बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटको चर्को आलोचना गरे ।

पूर्वअर्थमन्त्री समेत भैसकेका पूर्वप्रधानमन्त्री एवं एमाओवादीका नेता डा बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटको चर्को आलोचना गरे । उनले सरकारले प्रस्तुत गरेको बजेट मुलुकलाई अल्पविकसितबाट बिकासशील स्तरमा पुर्‍याउउन आवश्यक आर्थिक वृद्धिदर हासिल गर्न अपनाउनुपर्ने महत्वपूर्ण नीतिगत कदमको पहिचान गर्न समेत चुकेको कठोर टिप्पणी गरे ।
संसदको बजेट बहसमा सहभागी हुँदै नेता भट्टराईले यो बजेट परम्परागत र ‘कर्मकाण्डी’ को हद भन्दा माथि उठ्न सकेन भने ।  बाबुराम भट्टराईले संसदमा गरेको बजेट टिप्पणी मन्तब्यः
१. प्रतिपक्षीको पंक्तिबाट बजेटका बारेमा टिप्पणी गर्न उभिँदा म एकपक्षीय ढंगले आलोचना मात्र गर्नु पर्छ भन्ने मान्यताबाट मुक्त छु। बजेट कुन दलले ल्यायो र कुन अर्थमन्त्रीले वाचन गर्यो भन्ने कुरा मेरा लागि गौण हो। मेरै जीवनमा वेरोजगारी र भोकमरीबाट मुक्त नेपाल देख्नुपर्छ र यो सम्भव छ भन्ने मान्यतामा म अडिग छु। कविता लेखेर र गीत गाएर यो पूरा हुन्न। यो दिशामा सरकारको बजेट गयो कि गएन, त्यो महत्वपूर्ण कुरा हो अनि समिक्षाको विषय हो। यसमा स्पष्ट हुन सरकारले खुट्टा कमायो, अर्थमन्त्रीलेआँट देखाउन सक्नुभएन।
२. हिजो अर्थमन्त्री डा. रामशरण महतको वजेट–वाचन सुन्दा उहाँले आफ्ना विगतका चिरस्थायी जस्तै बनाएका जडसूत्रवादी विचारहरु त्यागेको र हामीले लगातार उठाएका समतामुलक समाज निर्माण गर्ने, आर्थिक वृद्धिको न्यायोचित वितरण गर्ने, उपेक्षित क्षेत्र र वर्गलाइ माथि उठाउन लगानी वृद्धि गर्ने, अशक्त र वृद्धको संरक्षण गर्ने जस्ता कुरामा उहाँको विश्वास बढ्न थालेको अनुभूति भयो। तर उच्च आर्थिक वृद्धिको आधारशिला तयार गर्ने, युवालाई स्वदेशमै उद्यम गर्न र रोजगारी सिर्जनामा उत्प्रेरित गर्ने जस्ता कुरामा उहाँले खुलेर बोल्न र कार्यक्रम प्रस्तुत गर्न सक्नु भएन।
३. संविधान जारी भई राजनीतिक संक्रमण अन्त्य भइ मुलुक आर्थिक क्रान्तिको नयॉ चरणमा प्रवेश गर्नुका साथै विनाशकारी भूकम्प–पश्चातको नवनिर्माणको सन्दर्भमा जनआकांक्षा अनुरुपको आर्थिक–सामाजिक रुपान्तरणका लागि नयॉ विकाश पद्धतिको नीतिगत जग हाल्नुपर्ने महत्वपूर्ण दायित्व यो बजेटमा थियो। तर केही झिना–मसिना सामान्य सुधारका कार्यक्रम बाहेक यो बजेटले आवश्यक संरचनात्मक परिवर्तनका नीति र बजेटको व्यबस्था गरेको छैन। त्यस अर्थमा यो बजेट परम्परागत र ‘कर्मकाण्डी’ को हद भन्दा माथि उठ्न सकेको छैन। सबै दलको राजनीतिक नेतृत्व लगायत सिङ्गै मुलुक unprecedented बजेटका लागि मानसिक रुपमा समेत तयार रहेको अबस्थामा यो बजेटले युगान्तकारी हुनु सक्ने अबसरलाई उपयोग गर्न सकेको छैन। अल्पविकसितबाट बिकासशील स्तरमा मुलुकलाई पुर्‍याउउन आवश्यक आर्थिक वृद्धिदर हासिल गर्न अपनाउनुपर्ने महत्वपूर्ण नीतिगत कदमको पहिचान गर्न समेत सरकार र यो बजेट पूर्णरुपले चुकेको छ।
४. भूकम्प–पश्चातको नेपाली जनताको नवनिर्माणको आकांक्षालाई यो बजेटले तुषारापात गरेको छ। दाता एजेन्सी समेतको सहयोगमा सयौं विज्ञहरुको संलग्नता र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको दावी गरिएको पिडिएनए प्रतिवेदनले हाम्रो आवश्यकताको सही ऑकलन गर्न सकेको छैन भन्ने हाम्रो आशंका बजेटले पुन: पुष्टि गरेको छ। उच्च राजनीतिक नेतृत्वको संकल्प र जनताको चुलिँदो आकांक्षाका बाबजुद सरकारले नवनिर्माणको योजनाको गृहकार्य शुरु नै गरेको छैन। पुननिर्माणका लागि जे जति बजेट छुट्याईएको छ, पूर्ण हचुवाको भरमा छ। अधिकारसम्पन्न प्राधिकरण गठनको कुनै सुरसार छैन, बरु बजेटले पुन:निर्माणको योजनाको काम समेत क्षेत्रगत निकायलाई नै सुम्पेको छ। चालु विकास आयोजनाहरुमा विनियोजित बजेट नै खर्च गर्न नसक्ने अवस्थामा रहेका क्षेत्रगत निकायहरुबाट पुन:निर्माणको काम समेतको अपेक्षाराख्नु भनेको बजेटको ‘झाराटार्ने’ प्रवृत्तिको द्योतक हो। अब हुने संघीय राज्यको स्वरुपलाई ध्यानमा राखि राष्ट्रिय स्तरको भू–विकास योजना (spatial development plan) र क्षेत्रीय विकासको योजनाको तर्जुमाबाट नवनिर्माणको कामको थालनी गर्नु पर्दछ। यस्तो योजनाबद्ध खाकाको अधीनमा रही आधुनिक भौतिक पूर्वाधार बिकासको राष्ट्रिय र क्षेत्रीय गुरुयोजना, व्यबस्थित बस्ती बिकास, विपद–प्रतिरोधी संरचनाको निर्माण जस्ता दिगो र आधुनिक भौतिक–सामाजिक विकासका अवयवहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ।
५. वार्षिक बजेट भनेको आय–व्ययको अनुमान मात्र नभएर देशको समग्र अर्थतन्त्रलाई नै दिशानिर्देश गर्ने महत्वपूर्ण दस्तावेज हो। यस निम्ति बजेटको सिद्धान्त र प्राथमिकता अत्यन्त महत्वपूर्ण हुन्छ। प्रि–बजेट छलफलको क्रममा पनि मैले ‘काशी जाने हो कि कुती जाने हो’ प्रष्ट हुनुपर्छ भनेको थिएँ। तर, फेरि पनि अर्थमन्त्री त्यसमा अलमल परेको देखियो।
तत्काल हाम्रो आर्थिक नीतिको मूल सिद्धान्त ‘समावेशी विकास’ (Inclusive Development), अर्थात् समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पूँजीवाद नै हुनुपर्छ र हुन्छ। त्यो भनेको तीब्र आर्थिक वृद्धि र सामाजिक न्यायबीचको समुचित सन्तुलन नै हो। त्यो दिशातिर केही उन्मुख भए पनि हाम्रा अर्थमन्त्री त्यो भन्न हिच्किचाउनु भएको छ। ‘मोही माग्ने ढुंग्रो लुकाउने’ किन ?
६. कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, त्यसैले कृषि क्षेत्रको आमूल रुपान्तरण, व्यवसायीकरण र आधुनिकीकरण हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। त्यस निम्ति वैज्ञानिक भूमिसुधार पहिलो महत्वपूर्ण पाइला हुनुपर्छ, तर त्यसको कुनै संकेत बजेटमा छैन। कृषि क्षेत्रको सुधारको निम्ति कतिपय कार्यक्रम घोषणा गरिएका छन्, त्यो स्वागतयोग्य छ तर पर्याप्त छैन। कृषि क्षेत्रको बजेट गत सालको ३.७ प्रतिशतबाट ३.१ मा झरेको छ। कृषि, सिँचाइ, भूमिव्यवस्था सबै जोड्दा ६ प्रतिशत आसपास पुग्छ। यसले कृषि क्रान्ति हुन्न र कृषि क्रान्ति विना नेपालमा आर्थिक क्रान्ति हुन्न।
७. भौतिक पूर्वाधार र उर्जा क्षेत्रको तीब्र विकास र विस्तार विना औद्योगिक क्रान्ति सम्भवै छैन। तर त्यो क्षेत्रको बजेट विनियोजनमा ठूलो असन्तुलन र हचुवापन देखिएको छ। उदाहरणको निम्ति, अहिले भूकम्प–प्रभावित क्षेत्रको लाइफलाइन मध्य–पहाडी लोकमार्ग (‘पुष्पलाल लोकमार्ग’ भन्न अर्थमन्त्री किन लजाउनुभएको होला ?) को निर्माण पूरा हुन रु. ४० अर्ब लाग्छ, तर बजेट रु. २ अर्ब भन्दा कम छुट्याइएको छ। के हामी यसनिम्ति अर्को बीस वर्ष पर्खन सक्छौं ? कोशी, गण्डकी र कर्णालीका उत्तर–दक्षिण लोकमार्ग पूरा गर्न करिव रु ४५ अर्ब चाहिन्छ, तर बजेट विनियोजन करिव रु. ८८ करोड गरिएको छ। के यसनिम्ति हामी अर्को ५० वर्ष पर्खन सक्छौं ? बेनीघाटबाट लार्के हुँदै तिब्बत जोड्ने ९५ किमी सडक पूरा गर्न रु. ५ अर्ब लाग्छ, तर बजेटमा रु. ५ करोड जति राखिएको छ। के हामी यसनिम्ति अर्को १०० वर्ष पर्खन सक्छौं ? त्यस्तै उर्जा क्षेत्रको प्राथमिकता पटक्कै मिलेको छैन। अन्य प्रोजेक्ट अतिरिक्त राष्ट्रिय गौरवको योजना भनिएको बुढीगण्डकी परियोजनालाई रु. अढाई खर्ब लाग्ने अनुमान छ, तर बजेट विनियोजन रु. ३ अर्ब ३७ करोड मात्रै छ।
८. शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी र तीब्र विकास विना नेपालमा दीगो आर्थिक विकास सम्भवै छैन। यी क्षेत्रमा बजेटले केही सकारात्मक पहल गरेको छ। तर त्यो नितान्त अपुग र न्युन छ। शिक्षा क्षेत्रमा बजेट २० प्रतिशतसम्म पुर्‍याउनु पर्नेमा १२.५ प्रतिशतमा झरेको छ भने स्वास्थ्य क्षेत्रको १० प्रतिशतसम्म हुनु पर्नेमा ४.५ प्रतिशतमा झारिएको छ। बजेट विनियोजन अतिरिक्त ठूलो मात्रामा प्राविधिक र स्वस्थ जनशक्ति निर्माण गर्न जुन Innovative योजना र कार्यक्रम आउनुपर्ने हो, त्यो अत्यन्त अपर्याप्त छ।
९. मुलुकलाई औद्योगीकरण नगरी उच्च दरको आर्थिक वृद्धि सम्भव छैन। औद्योगीकरणका लागि जलविद्युतको विकास अपरिहार्य छ। सबै अवरोधलाई चिरेर जलविद्युतको विकासमा छलाङ मार्ने खालको नीति र कार्यक्रम आउनु पर्‍थ्यो, तर आयो कर्मकाण्डी ! मेरै कार्यकालमा सुरु गरिएको सिमेन्ट उद्योगको विकासका लागि लक्षित कार्यक्रम, जसको अहिले जोसुकैले प्रतिफल देख्न सक्छ, त्यो बाहेक विशिष्टीकृत औद्योगीकरणको प्रचुर सम्भावना भएका कृषि प्रशोधन, जडिबुटी प्रधोधन, सघन रुपमा उर्जा खपत गर्ने हेभी मेसिनरी उद्योगको विकास हाम्रो आवश्यकता हो। बजेटले यसमा ध्यान पुर्‍याएन।
१०. उर्जावान र सिर्जनशील युवा जनशक्तिवैदेशिक रोजगारका लागि बिदेशिनु पक्कै पनि सुखद कुरा होइन। तर विदेशी भुमीमा रगत र पसिना बगाएर नेपाली युबाहरुले ठूलो परिमाणको बिदेशी मुद्रा भित्रयाएका छन, जुन हाम्रो जस्तो निम्छरो निर्यात भएको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण स्रोत हो। तर दु:खको कुरा के भने हाम्रो योजना र बजेटले बिप्रेषणको यो स्रोतलाई उत्पादनमुखी लगानीमा उपयोग गर्ने नीति निर्माण गर्न सकेको छैन। आर्थिक सर्बेक्षणका अनुसार २०६१/०६२ मा GDPको ११.१ प्रतिशत रहेको बिप्रेषण २०७०/०७१ मा GDP को २८ प्रतिशत पुगेको छ, र GDP को प्रतिशतका हिसाबले नेपाल विश्वमै तेस्रो नम्बरमा पर्दछ। यस्तो उल्लेख्य परिमाणको विप्रेषणले हामीलाई द्रुत विकासका लागि धेरै नवीनतम नीतिहरु तर्जुमा गर्नको लागि अवसर दिएको छ। ठूलो मात्रामा आन्तरिक लगानी परिचालन गर्दा शोधानान्तर स्थितिमा पर्ने सम्भाव्य चापलाई विप्रेषणको यो स्रोतले सजिलै धान्न सक्छ। आयोजना कार्यान्वयनका सिलसिलामा पर्ने व्यापारघाटा न्यून गर्न विदेशी मुद्रामा सहयोग चाहिने हुनाले बिकास आयोजनाहरुमा वैदेशिक सहायता आवश्यक पर्ने परम्परागत पद्धति हो। विप्रेषणको यो स्रोतले गर्दा विदेशी सहयोगको हाम्रो नीतिलाई राष्ट्रिय प्राथमिकता र वृहत हित झल्कने गरी आमूल परिवर्तन गर्न सक्ने तुलनात्मक रुपले हामी सजिलो स्थितिमा छौं। तर यो बजेटले यो महत्वपूर्ण बिषयमा बिल्कुलै ध्यान पुर्‍याएको छैन। आज देशमा प्रतिवर्ष ५ लाख नयाँ रोजगारी सिर्जनाको आवश्यकता छ, तर वजेटले ५० हजार युवालाई मात्र नवनिर्माणनिम्ति तालिम दिने कुरा गरेको छ, जुन नितान्त अपर्याप्त छ। मेरो अर्थमन्त्रीकालमा विशिष्ठ सोंच र उद्देश्य सहित ल्याएको युवा स्वरोजगार कार्यक्रम/कोष प्रति अहिलेका अर्थमन्त्रीको धारणा कहिल्यै सकारात्मक रहेन, अहिले त उहाँले त्यसलाई पूरै तुहाउने कुरा गर्नु भएछ।
११. सामाजिक सुरक्षाका क्षेत्रमा अर्थमन्त्रीज्यूको सोंच अत्यन्त कन्जर्भेटिभ रहँदा–रहँदै पनि यसपटक ज्येष्ठ नागरिक भत्ता बढाउने साहस गर्नुभएकोमा वहाँलाई बधाइ छ। तर, अरु असहाय, एकल महिला, अपांग, विपन्न वर्गकालाई सामाजिक सुरक्षाको व्यवस्थामा पर्याप्त सुधार नहुनु दु:खद् छ। खासगरी जनयुद्ध र आन्दोलनका शहीद र वेपत्ताका परिवार तथा घाइतेहरुको निम्ति सामाजिक सुरक्षाबारे बजेट पूरै मौन रहनु खेदजनक छ। आन्दोलनमा योगदान गर्नेहरुमा खालि एउटा पार्टी नजिकका व्यक्तिहरुको नाउँमा मात्रै प्रतिष्ठानको ओइरो लाग्नु पनि अत्यन्त आपत्तिजनक छ।
१२. विकासका लागि एकातिर हामी दाताहरुलाई गुहार्दै छौं भने अर्को तिर हाम्रै राजश्वको स्रोतवाट विनियोजित पूँजीगत बजेट समेत खर्च गर्न नसकेको नमीठो यथार्थ हाम्रो सामु छ। यसको मूल कारणमा समग्र बिकास नीति, योजना तर्जुमा र कार्यान्वयन प्रक्रियासँग सम्बन्धित संरचनात्मक समस्याहरु छन, जसलाई बजेटले सम्बोधन गरेको छैन। अक्सर सुन्नमा आउने ‘नीति राम्रो, कार्यान्वयन कमजोर’ भन्ने हाम्रो तदर्थ बुझाईलाई बदल्न जरुरी छ। कार्यान्वयन तहमा रहेका समस्यालाई हटाउनमा पनि नीतिको महत्वपूर्ण भुमिका हुन्छ। त्यसैले विनियोजित बजेट खर्च हुन नसक्नु भनेको गम्भीर नीतिगत त्रुटीको संकेत पनि हो। हाम्रा सरकारी निकायमा कार्यरत प्रशासनिक, व्यबस्थापकीय र प्राविधिक कर्मचारीहरु मुलुककै उत्कृष्ट छनौटका हुन्। त्यसैले कार्यान्वयन तहको समस्या कर्मचारीको व्यक्तिगत सीप र क्षमताको कमी भन्दा पनि संस्थागत क्षमताको कमीले गर्दा हो। संस्थागत क्षमताको विकाश र अभिवृद्धिका लागि संरचनात्मक सुधार सहित नवीनतम नीतिगत सोचको खाँचो पर्दछ। दक्ष कर्मचारीको सीपको अधिकतम उपयोगको लागि समेत विभिन्न incentive mechanisms आवश्यक पर्दछ। हालको बजेटले यस सम्बन्धमा आबश्यक गम्भीरता देखाएको छैन। यद्यपि बजेटमा आयोजना प्रमुखहरुलाई उत्तरदायी बनाउने, आन्तरिक प्राविधिक क्षमता विकासका लागि इञ्जिनीयरिङ तालिम प्रतिष्ठानको स्थापना, ठूला आयोजनाको आवश्यक जनशक्ति निजी क्षेत्रबाट समेत लिने जस्ता सकारात्मक कुरा समेटिएका छन्। यस सम्वन्धमा विकासका नीति निर्माण अघि अध्ययन/अनुसन्धानका लागि पर्याप्त जनशक्ति सहितको Policy Think Tank को स्थापना जरुरी छ। त्यसरी नै वैज्ञानिक अनुसन्धान/आविस्कारका निम्ति स्राेतसम्पन्न Innovation Centre तुरुन्त स्थापना गर्न जरुरी छ।
१३. बजेटका कतिपय सकारात्मक कुराहरुको चर्चा नगर्नु पनि अन्याय हुनेछ। खासगरी कृषि अनुसन्धानको निम्ति रु. २.५ अर्ब बजेट विनियोजन, ‘एक गाउँ, एक डाक्टर’को व्यवस्था, काठमाडौंमा मेट्रोरेलको अध्ययन, क्रिकेट स्टेडियम निर्माण, क्षेत्रीयस्तरमा आवासीय विद्यालय, कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण बढाउन प्रस्तावित कार्यक्रम, तराई–मधेशको विकासका लागि लक्षित कार्यक्रम आदि सकारात्मक छन्।
करका दरहरु धेरै चलाइएको रहेनछ, त्यो ठीकै हो। तर आर्थिक गतिविधिलाई हिसाब–किताबमा आधारित र पारदर्शी बनाउन बजेटले पर्याप्त ध्यान पुर्‍याउन सकेको छैन।
१४. समग्रमा, अहिले देश नयाँ युगमा प्रवेश गर्न उद्यत भएको राजनीतिक अवस्था र भूकम्पपश्चातको तीब्र नवनिर्माणको आवश्यकतालाई पूरा गर्न तीब्र आर्थिक छलाङ मार्नुपर्ने ढंगले बजेट आउन सकेन। पुरानै कछुवाको गतिमा हिँडेर त हामी कहाँ पुगौंला र ?