Wednesday, September 23, 2015

भारतले ३७२ वर्गकिलोमिटर दक्षिणपूर्वी नेपाली जमिन मिचेको छ ।

सन् १९६२ सम्म नेपाली भूमि लिपुलेकबाट बग्ने खोलालाई कालीनदी भनिरहेको थियो । तर, पछि त्यहाँबाट पनि अघि बढेर भारतीयले अझै पूर्व नेपालपट्टी काली मन्दिर बनाएर त्यसको छेउबाट बग्ने सानो खोलालाई काली भन्न थाले ।
१९६२ मा चीनसँगको लडाइँपछि भारतले कालीनदीपूर्वको भूभाग मिचेर नेपाली भूमि कालापानीमा बंकरसहितको सैनिक संरचना बनायो । कालापानीमा भारतको इन्डो तिबेतियन बोर्डर पुलिस (आइटिबिपी) फौज तैनाथ छ ।
भारत–चीन युद्दअघि भारतले लिम्पियाधुरदेखि लिपुलेकसम्म ३१० वर्गकिलोमिटर क्षेत्रफल मिचेको थियो भने त्यसपछि थप ६२ वर्गकिलोमिटर दक्षिण्पूर्वी नेपाली जमिन मिचेको छ ।
यसरी भारतले ३७२ वर्गकिलोमिटर दक्षिणपूर्वी नेपाली जमिन मिचेको छ ।

No comments:

Post a Comment