
नेपाल-भारत सीमास्तम्भ ५७८ नजिक अर्रा नदीको किनारमा रहेको नेपाली भूमिमा तारबार गर्दा भारतीय सुरक्षा टोलीले हस्तक्षेप गरेको थियो ।
भारतीय सीमा सुरक्षा बल छोटा भकुरवाका असई भागरथी रिवाडसहितको सशस्त्र हतियारधारी टोलीले तारबार गरिरहेका साझेदारी वनका सदस्यलाई धम्की दिएर काम रोकेको गुगौलीका स्थानीयले बताए।
उनीहरूले भारतीय सीमा सुरक्षा बलबाट असुरक्षा हुने भन्दै नाम नखोलिदिनसमेत आग्रह गरे।
उक्त वनक्षेत्रलाई वैज्ञानिक वन व्यवस्थापन गर्ने क्रममा तारबारसहित वृक्षरोपण गर्ने योजना रहे पनि भारतीय टोलीले रोकेको साझेदारी वनका सदस्यले गुनासो गरे
No comments:
Post a Comment