Saturday, September 5, 2015

टिकापुर घटनालाई फेसबुकमार्फत गलत प्रचार गरेको र सामाजिक सद्भाव बिथोल्ने काम गरेरले आङकाजीशेर्पा पक्राउ ।

 जनजाती नेता आङकाजी
शेर्पालाई प्रहरीले बिद्युतीय कारोबार ऐन(साइबर क्राइम) अन्र्तगत कारबाही अघि बढाएको छ । काठमाडौं जिल्ला अदालतबाट चार दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमती प्रहरीलाई दिएको छ ।
टिकापुर घटनालाई लिएर फेसबुकमार्फत गलत प्रचार गरेको र सामाजिक सद्भाव बिथोल्ने काम गरेरले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार‘ सामाजिक संजाल फेसबुक मार्फत सुरक्षा निकायहरु विच फाटो ल्याउने तथा बिभिन्न जातजाती, सम्प्रदायबिच सुमधुर सम्बन्धमा खलल पार्ने, बर्गिय, जातीय र क्षेत्रिय रुपमा घृणा, द्वेश, अपहेलना र सामाजिक सद्भाव बिथोल्ने नियत राखी अनर्गल, निराधार र अप्रमाणिक तथ्यहरुलाई सामाजिक संजालको दुरुपयोग गरि फेसबुक मार्फत गलत म्यासेजहरु सम्प्रेषण गरि समाजमा नकरात्मक प्रभाव पार्ने’ काम गरिएकाले उनलाई पक्राउ गरिएको हो । उग्र जनजाती नेताका रुमपा चिनिएका शेर्पाले अन्य जातीहरुविरुद्ध लामो समयदेखि सद्भाव बिग्रने गरी टिप्पणी र आलोचना गर्दै आएका छन् । बिद्युतीय कारोबार ऐन २०६३ अुनसार ५  वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सोही सजाय माग दाबी गरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ 

No comments:

Post a Comment