Wednesday, August 26, 2015

मद्दत माग्ने र मद्दत दिने दुबै हाकिम एकै ठाउँ बञ्चरो र भालाको आक्रमणबाट मारिए ।

‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त !’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट  कराए, ‘च्याप्यो हजुर च्याप्यो, भीडले च्याप्यो, थप मद्दत, थप मद्दत…!’
 थरुहट संघर्ष समितिका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच कैलालीको टीकापुरमा झडप हुँदाको वृत्तान्त हो यो । मद्दत माग्ने र मद्दत दिने दुबै हाकिम एकै ठाउँ बञ्चरो र भालाको आक्रमणबाट मारिए ।  ‘ऐय्या–आत्थु’ केही भन्नै नपाई रगत पिउने तानाशाही इदी अमिनले मान्छे सोतर पारेकै शैलीमा एकैचिहान भए ।
तीनजना इन्स्पेक्टरको कमाण्डअन्तर्गत तीन फरक फरक नाकामा ड्युटी लगाई इप्रका अगाडि कमाण्ड पोष्ट खडा गरेर बसेका थिए, लक्ष्मण न्यौपाने । प्रदर्शनकारीले निषेधित क्षेत्र नतोडुन् भन्नका लागि भएजतिका फौज ठाउँठाउँमा तैनाथ थिए ।
न्यौपानेसँग अञ्चल गुल्मका इन्स्पेक्टर केशब बोहराको कमाण्डमा थोरै फौज त थियो, तर कमाण्ड पोष्टका रुपमा बसेपछि त्यसकै सुरक्षाका लागि पनि त्यति जनशक्ति चाहिन्थ्यो । धनगढीस्थित जिप्रकाबाट टोली मगाऔं भने १ सय १४ किलोमिटरको दूरी छिचोल्नै दुई घण्टा लाग्ने ।
भीडले च्यापेर अर्को इन्स्पेक्टरलाई अप्ठेरै पारेपछि सँगै बसेका सशस्त्र एसपी लक्ष्मणबहादुर सिंहसँग उनकै गाडी चढेर टिकापुरको पश्चिमी नाकामा तैनाथ इन्स्पेक्टर बलराम भएतिर पुगे ।
उत्तरतिर तैनाथ किलो वन थ्री कलसाइन भएका इन्स्पेक्टर जगन्नाथ खनाल र उत्तर–दक्षिणतिरका किलो वन टु कलका एकीन्द्र खड्काको टोलीलाई पश्चिमतिर सामेल हुन आदेश दिए ।
अघि–अघि न्यौपाने पछि–पछि फौज दौडियो । भीडले सुरक्षाकर्मीलाई च्याप्यो भनिएको पश्चिमी नाकामा एसएसपीको टोली पुग्दा प्रदर्शनकारी पूर्व फर्किएका थिए । न्यौपाने पश्चिम फर्किएर प्रदर्शनकारी अगुवा (फोरम सभासद्) रामजनम चौधरीसँग भन्दै थिए, ‘यस्तो गरिदिन भएन हजुर !’ भन्दाभन्दै पछाडिबाट पिठ्युँमा बञ्चरो र भाला प्रहार भयो । उनी भुक्लुक्क ढले । उनलाई छोप्न खोज्दै थिए, इन्स्पेक्टर केशव बोहरा र बलराम विष्टले ।
तर, उनीहरु पनि बञ्चरोकै प्रहारमा ढालिए । प्रहरीहरु ढालिँदा सशस्त्र प्रहरीले थप मद्दत दिन्छ भन्ने न्यौपानेको आशा थियो । तर, जब भीडले प्रहरी टोलीलाई च्याप्न थाल्यो, न्यौपानेलाई त्यहाँबाट छाडेर सशस्त्र एसपी लक्ष्मण सिंह घटनास्थलबाट बाहिरिए ।
उनले थरुहट अगुवा रमेश चौधरीलाई साथमा लिएर गए । प्रहरी कमाण्डहरुहरु ढलेसँगै प्रदर्शनकारीले एसएसपीका बडीगार्डसँग रहेको अत्याधुनिक एसएलआर राइफल खोसे । एसएलआर नियन्त्रणमा लिएपछि भिड लम्कियो नजिकै साउद परिवारको घरतिर ।
सशस्त्रका जागिर खाने त्यो परिवारका वरिष्ठ हवल्दार ललित साउद प्रदर्शनकारीको पहिलो निशाना बने । उनीहरु अछामबाट बसाईं सरी त्यहाँ गएका हुन्  र भीम रावलका आफन्त पनि ।
जेठा पूर्णबहादुर साउद सशस्त्रका डिएसपी हुन् भने कान्छा नेत्रबहादुर सशस्त्रकै हलव्दार र लेखा सहायक पनि । डेढ क्विन्टलका ललित सशस्त्रका घुमुवा हुन् ।
तीन दाजु भाईलाई एकैचिहान बनाउने गरी प्रदर्शनकारी त्यहाँ पुगेका थिए । तर, घरको बरण्डामा डिएसपी पूर्ण एक्लै थिए, भाइ नेत्रको छोरा खेलाउँदै । भीड देखेपछि उनी भागे, तर बालक मारिए ।
सशस्त्र-थरुहट कनेक्सन
सशस्त्र साथमा थिएन भने सायद एसएसपी न्यौपाने अर्को रणनीतिका साथ भिड नियन्त्रणमा जुट्थे वा अश्रुग्याँस र रबर बुलेटको सहाराले भीडलाई तितरबितर पार्थे ।
तर, सशस्त्रले आफ्नो गाडी चढाई–चढाई भीडको बीचमा लगेर छाड्ने र हमला भएपछि सर्लक्क पछाडि हट्ने कारण उच्च पदस्थ प्रहरी अधिकृतसहितका मारिए ।
भीडन्तमा घाइते भई हाल नेपालगञ्जमा उपचाररत एक सशस्त्र जवानले बयान दिया  । ‘झडप सुरु भएपछि हामीलाई विथ ड्र हौ (फर्कनु) भनेका थिए । 

No comments:

Post a Comment