Saturday, August 29, 2015

क्रिस्टियानो रोनाल्डोले बनेपाका बालकलाई जर्सी उपहार स्वरुप पठाए ।

क्रिस्टियानो रोनाल्डोले बनेपाका बालकलाई आफूले हस्ताक्षर गरेको जर्सी उपहार स्वरुप पठाएका छन्



। मिरर अनलाइनका अनुसार रोनाल्डोको जर्सी पाउने भाग्यमानी बालक हुन्, १३ वर्षीय जेतिन श्रेष्ठ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पका दौरान जेतिन फुटबल खेलिरहेका थिए । भूकम्प आउन्जेल उनी केही बेर रोकिए र फेरि रोकिएपछि फुटबल खेल्न थाले । यो सब फोटोग्राफर ओमार हभाना र पर्चुगलका पत्रकार मागरिडा मोटाले थाहा पाए । ‘मलाई क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिड मनपर्छ,’ जेतिनले भने, ‘एक दिन म पनि रियल म्याड्रिका लागि खेल्छु ।’
 उनको कुरा सुनेपछि मोटाले रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेससँग कुरा गर्दै जेतिनका बारेमा सबै कुरा सुनाए ।
एक हप्ता अघि रोनाल्डोले जर्सीमा हस्ताक्षर गर्दै उपहार पठाए । सर्टमा लेखिएको छ, ‘जेतिन बलियो बन, धेरै शुभकामना । क्रिस्टियानो रोनाल्डो ।’

No comments:

Post a Comment