Wednesday, August 26, 2015

गम्भीर प्रकृतिको अपराध गर्ने कृपासुरलाई पटकपटक पुरस्कृत गरियो । (झाँक्री नेकपा एमालेको युवा नेतृ एवं केन्द्रीय सदस्य )

महिला हिंसा बिरूद्धको अभियान गर्ने अनेमसंघ जस्तो संगठन पनि छ हामीसँग । त्यसको अध्यक्ष क. विद्या भण्डारी नेपाली महिला आन्दोलनकै नेता हुनुहुन्छ ।
    सबैलाई जानकारी भएकै विषय छ बैद्यानिक ढंगले राखेका श्रीमतीकै संख्या तीन छ कृपासुरसँग ।
धेरै महिला सभासदहरू हुनुहुन्छ जसले महिला हिंसाका बिभिन्न प्रबृतिका बारे बहस गरिरहनु भएको छ, कानुन बनाउन । यस्तो नैतिकहराम ब्यक्तिलाई मन्त्री बनाउँदा पक्कै प्रश्न गर्नुहोला भन्ने लागेको थियो तर त्यसो पनि भएन । तर, ढिलो भएको छैन अब बोलौँ ।
३७ वर्ष हुँदासम्म  छोराको परिचय नखुलेको  हेर्नुस न, उसलाई पनि जान्ने बुझ्ने भएपछि कस्तो भयो होला ? यस्तो गम्भीर प्रकृतिको अपराध गर्ने ब्यक्तिलाई पटकपटक पुरस्कृत गरियो । निर्वाचनमा टिकट दिएर । अहिले त्यतिले मात्र नपुगेर मन्त्री नै बनाइयो । सबैलाई जानकारी भएकै विषय छ बैद्यानिक ढंगले राखेका श्रीमतीकै संख्या तीन छ कृपासुरसँग ।
के आज आएर मन्त्री पद बचाउनकै लागि छोरो र श्रीमती स्वीकार गर्दैमा उनले उन्मुक्ति पाउँछन् ? बर्षौ पीडामा बाँचेर त्यही ब्यक्तिलाई पति पाउँदा ती महिला त खुसी नै होलिन । के हामीले गणेश शेर्पा र उनकी आमाको निजी समस्या तत्काललाई मिल्यो भनेर कृपासुर प्रवृतिलाई पार्टीभित्र जोगाई राख्न मिल्छ ? के यसरी ‘हाम्रो पार्टी र हाम्रा नेता’ नेपाली महिला मुक्ति आन्दोलनको सारथी बन्ला ? मलाई त शंका लाग्छ । त्यसकारण पार्टीको छवि धुमिल नगर्न नेतृत्वलाई आग्रह गर्छु । आफ्ना खल्तीका सडेका नोटको मोह नगर्नुस् । त्यसको कुनै मुल्य हुनेछैन भन्ने चेतावनी पनि दिन चाहन्छु । के यस्ता निर्णयले पार्टी लोकप्रिय बनेको छ जस्तो लाग्छ ? म पार्टी नेतृत्वलाई भ्रममा नपर्न अनुरोध गर्छु कि केही थान आफ्ना मान्छे खुसी बनाउँदा हजारौ नेता कार्यकर्ताको बलिदानबाट बनेको यो पार्टीको विरासतलाई वलिभेदीमा नचढाउनुस् । आजको दिनमा हामीलाई आग्रह र पूर्वाग्रहले ग्रस्त नेतृत्व होइन्, विवेकपूर्ण नेतृत्व चाहिएको छ । ब्यक्तिका आग्रह र पूर्वाग्रहमा पार्टी  जान सक्दैन । अतः पर्यटन मन्त्री कृपासुर शेर्पालाई तत्काल मन्त्रीपदबाट हटाउन म पार्टी अध्यक्ष कमरेडलाई आग्रह गर्छु र पार्टीभित्र अनुशाशनको कारबाहीका लागि समेत बाटो प्रशस्त गर्न अनुरोध गर्दछु ।
मन्त्री हरि पराजुलीले सार्वजनिक स्थानमा अशोभनीय ब्यबहार गरे उनलाई मन्त्रीबाट हटाइयो । तर पार्टीभित्र अनुशासनको कारबाही समेत गरियोस् । ताकि भोलिका दिनमा सबैका लागि शिक्षा बनोस ।
झाँक्री नेकपा एमालेको युवा नेतृ एवं केन्द्रीय सदस्य ।

No comments:

Post a Comment