Tuesday, August 25, 2015

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीको टीकापुरमा प्रहरी कर्मचारीको हत्या गर्ने जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीको टीकापुरमा प्रहरी कर्मचारीको हत्या गर्ने जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले टीकपुर आक्रमण र हत्यालाई आततायीको संज्ञा दिनुभएको छ ।
महानिरीक्षक अर्यालले विज्ञप्ति जारी गरेर प्रहरी कर्मचारीको हत्या गर्ने कायरतापूर्ण कार्य गर्नेलाई कानुनको दायरामा ल्याइने बताउनुभयो ।
‘कर्तव्यनिष्ठ प्रहरी कर्मचारीहरूमाथि भएको कायरतापूर्ण आक्रमणमा संलग्न व्यक्तिलाई जुनसुकै हालतमा पनि कानुनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै यस असहज घडीमा आफ्नो कर्तव्यमा किन्चित पनि विचलित नभइ व्यावसायिक संयमता, कौशलता तथा धैर्यता प्रदर्शन गर्दै राष्ट्रसेवामा अझ बढी अग्रसर हुन समेत सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन  दिनुभएको छ’, महानिरीक्षक अर्यालले भन्नुभएको छ ।
उहाँले नेपाल प्रहरीका पाँच जना होनहार बहादुर, कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले कर्तव्यपालनको शिलशिलामा सहादत प्राप्त गरेको घटनाले आफू अत्यन्र्त मर्माहत भएको बताउनुभएको छ ।
टीकापुर आक्रमणमा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशर बोहरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको आन्दोलनकारीले हत्या गरेका थिए ।सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए।
'पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेका छौं, डिआइजी खनालले बताए।, 'दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाइनेछ।'पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

No comments:

Post a Comment