Wednesday, August 26, 2015

वैदेशिक रोजगारबाट आठ वर्षपछि फर्किएका एक युवक आफ्नी श्रीमती र छोरो खोजिदिन हुलियासहितको निवेदन लिएर प्रहरी कार्यालय पुगेका थिय ।

वैदेशिक रोजगारबाट आठ वर्षपछि फर्किएका एक युवक आफ्नी श्रीमती र छोरो खोजिदिन हुलियासहितको निवेदन लिएर प्रहरी कार्यालय पुगेका थिय  । आफूले कतारबाट पठाएको करिब १६ लाख रुपैयाँको भौचरसहित पुगेका उनले आफन्त, नातागोतामा खोज्दा नभेटाएपछि प्रहरीको शरणमा पुगेको  बताए का थिय  ।
२०६४ सालमा एक छोरासहित श्रीमतीलाई छाडेर कतार गएका तिरिङ्गे गाविस ४ का बुद्धराज लिम्बू  काठमाडौंबाट सरासर सदरमुकाम फुङलिङ गयका उनी आफूले विदेश जाँदा डेरा राखेको सदरमुकामको घरमा परिवार खोज्न पुगेका थिए । ‘घरधनी अमर फुरुम्बुले दुई वर्षअघि नै उनकी श्रीमतिले कोठा छाडेको बताएपछि ससुराली पुगे , सासूले दुई वर्षदेखि नआएको बताउनुभयो’ उनले भने, ‘त्यसपछि नातागोता सबैतिर सोधखोज गर्दा कतै पत्तो लागेन ।’ खोजीदिन आग्रह गर्दै उनले प्रहरीमा निवेदन दिए ।
२०६२ सालमा फुरुम्बु गाविस ६ की रत्नकुमारी लिम्बूसँग विवाह गरेका उनी पुत्रलाभपछि विदेशिएका थिए । कतारको दोहास्थित अल्बे कम्पनीमा काम गरेका उनले २०७० सालसम्म १७ लाख रुपैयाँ र तीन तोला सुन पठाएको दाबी गरे । उनले पैसा बैंकमा राख्न, कसैलाई नदिन र छोरालाई राम्रो पढाउन भनेका थिए । तर रत्नकुमारीले पैसा ब्याजमा लगाउने गरेको पत्तो पाएपछि फोनमा उनको झगडा भयो । ‘छोरीलाई सम्झाइदिन र पैसा जथाभावी खर्च नगर्न सल्लाह दिन सासूलाई फोन गरेर अनुरोध गरें,’ उनले भने, ‘सासूले सम्झाउन खोज्दा झगडा भएछ ।’
प्रहरी प्रमुख शान्तिराज कोइरालाले हराएकी महिलाको खोजी गर्ने आश्वासन दिएका छन् । ‘उनी अन्यायमा परेका हुन् या के हो, महिला फेला परेपछि पत्तो हुन्छ, खोजी सुरु गरेका छौं,’  निवेदन बुझेपछि कोइरालाले भने । भिसाको म्याद थप नहुँदा अवैध रूपमा बसेकाले धेरै पैसा पठाएर र श्रीमतीसँग विवाद भए पनि बेलैमा फर्कन नसकेको लिम्बूले बताए ।

No comments:

Post a Comment