Tuesday, August 25, 2015

घैंटेको पैसामा मस्ती गर्ने नेताहरुको कारण घैंटे मारिएका हुन् ।’

करिब दुई महिनाअघि लाजिम्पाटको एक रेस्टुरेन्टमा महानगरीय अपराध महाशाखाका दुई डिएसपी प्रहरीले काठमाडौंमा डनको इन्काउन्टरबारे तयारी सुरु गरिसकेको थियो । तर, दुई डिएसपीको सल्लाहअनुसार २ जना नभई घैंटेको गत बिहीबार इन्काउन्टरमा मृत्यु

भयो ।  घैंटेको इन्काउन्टरबारे पहिले नै हल्ला भइसकेको थियो । त्यो कुरा घैंटेले पनि थाहा पाइसकेका थिए । इन्काउन्टर गर्नुपर्ने कारण त हुनुपर्यो नि भन्दै उनले एक महिनाअघि एक अनलाइनलाई अन्तर्वातासमेत दिएका थिए । स्रोतका अनुसार उनी अमेरिका जाने तयारीमा लागेका थिए । तर, नेताहरुले नै केही गर्न नसक्ने भन्दै ढुक्क भएर हिँड्नु भन्दै संरक्षण दिएका थिए । एसएसपी सर्बेन्द्र खनालले आफूले जे भन्यो त्यही मान्ने भन्दै नेताहरुले उनलाई सघाउँदै आएका थिए । तिनै नेताको भर पर्दा घैंटे गत बिहीबार मारिएका हुन् । घैंटेका एक सहयोगी भन्छन्,‘यदि नेताहरुले उनलाई भरोसा नदिएको भए उनी विदेश गइसक्थे । यस्तो घटना नै हुने थिएन । घैंटेको पैसामा मस्ती गर्ने नेताहरुको कारण उनी मारिएका हुन् ।’

No comments:

Post a Comment