Thursday, August 27, 2015

पूर्वमन्त्री जे.पी. गुप्ताले मधेश आन्दोलनमा समर्थन छैन बताउनुभयो ।

मधेशका जनताको अधिकारका लागि मधेशका जिल्लामा आफ्नै किसिमको जागरण र अभियान चलाइरहेका
पूर्वमन्त्री जे.पी. गुप्ताले अहिलेको मधेश आन्दोलनप्रति आफ्नो फरक धारणा सार्नुभएको छ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजकसमेत रहनुभएका गुप्ताले‘मधेशमा चलेको आन्दोलनको दिशा छैन । यसले मधेशी जनताको अधिकारको रक्षा गर्दैन ।’ थारु आन्दोलनलाई समर्थन रहेको बताउनुभयो ।
मधेश केन्द्रित दलका नेताहरू विजय गच्छदार, उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतोसहितका नेताहरूप्रति कठोर टिप्पणी गर्नुभएका संयोजक गुप्ताले मधेशमा चलेको आन्दोलनले लक्ष्य र दिशा भुलेको बताउनुभयो ।
उहाँले अहिले मधेशमा चलेको आन्दोलन सत्ता समर्पणमा गएर सकिने टिप्पणी गर्नुभयो । ‘यो आन्दोलन सत्ता समर्पणमा केन्द्रित छ’, उहाँले भन्नुभयो ।
मधेशीका जनताको हक र अधिकारका लागि आफ्नै तरिकाले संगठित हुँदै जागरण अभियान चलाइरहनुभएका संयोजक गुप्ताले जारी मधेश आन्दोलनका सारथीहरूलाई सत्तास्वार्थीको संज्ञा दिनुभयो ।
‘सत्तामा रहँदासम्म मधेश र मधेशीका मुद्दा, हकअधिकार नदेख्ने’, संयोजक गुप्ताले भन्नुभयो, ‘सत्ता बाहिर आउनासाथ आन्दोलन गरिहाल्नुपर्ने । अझ देश टुक्राउनेसम्मको चेतावनी दिने ?’
राष्ट्रिय अभियानका संयोजक गुप्ताले भन्नुभयो, ‘सत्ता स्वार्थको यो मधेश आन्दोलनमा हाम्रो समर्थन छैन ।

No comments:

Post a Comment