Monday, August 24, 2015

डा. बाबुराम भट्टराईले मुलुकमा अनिष्ट निम्तिन सक्ने चेतावनी दिनुभको छ ।

अखण्ड प्रदेशको अडान लिएका ओली र देउवालाई बाबुरामको चेतावनी
 संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति
डा. बाबुराम भट्टराईले मुलुकमा अनिष्ट निम्तिन सक्ने चेतावनी दिनुभको छ ।
सीमांकनमा अखण्ड प्रदेशको अडान राख्दै आएका कांग्रेस नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौलातर्फ संकेत गर्दै उहाँले केही नेताका कारण मुलुकमा अनिष्ट आउन लागेको आरोप लगाउनुभएको हो ।
ती नेतालाई ‘शेर’को उपनाम दिँदै उहाँले ट्विटरमा लेख्नुभएको छ-‘हाम्रा पूर्व र पश्चिमका शेरहरु अलि लचिलो बनेर थारु, मधेसी, जनजाति, महिला, दलितलाई साथ लिदैं छिटो संविधान जारी गर्नु बेश होला, नत्र अनिष्ट होला !’
यसैबीच बाबुरामले अग्रगामी शक्तिलाई एकजुट हुन अपील गर्दै छिटो संविधान, राम्रो संविधान बनाउन सबै अग्रगामी शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment