Saturday, August 29, 2015

जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले नेपाल बाट तराई छुटिनु पर्छ भन्ने घुमाउरो धारणा राखे !

जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले संघीयताको सन्दर्भ जारी आन्दोलनप्रति आफूहरूको कुनै किसिमको सहयोग र समर्थन नरहेको बताए  ।
मोर्चाका संयोजक गोइतले विज्ञप्ति जारी गरेर भन्नुभएको छ, ‘संघीयताको सन्दर्भ जारी आन्दोलनप्रति हाम्रो कुनै किसिमको सहयोग र समर्थन छैन् ।’
‘भारत–नेपाल शान्ति एवम् मैत्री सन्धि १९५० को धारा–८ को आधारमा तराई(मधेश)माथि नेपालको अधीनता पूर्णतः अनधिकृत र अवैध हो’, गोइतले विज्ञप्तिमा भन्नुभएको छ, ‘त्यसर्थ हामी तराई(मधेश)को मुक्तिका लागि सशस्त्र लड्दै छौं । संघीयताको सन्दर्भ जारी आन्दोलनप्रति हाम्रो कुनै किसिमको सहयोग र समर्थन छैन् ।’
उहाँले सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न तराई(मधेश)मा सेना परिचालन गरेको भने आक्रोश व्यक्त गरे  ।
सेना परिचालन र कर्फ्यू लागेकै अवधिमा अखण्ड सुदूरपश्चिम पक्षधर पहाडेहरू कैलालीमा थारू समुदायको घरमा आक्रमण, कुटपिट, तोडफोड र आगजनी गरिरहेको आरोप उहाँले लगाए ।
‘सरकारले अविलम्व तराई(मधेश)बाट सेना फिर्ता बोलाएन भने तराई(मधेश)मा पहाडी बस्ती पनि सुरक्षित रहने छैन्’, मोर्चाका संयोजक गोइतले चेतावनी दिएका छन् ।
पछिल्लो समय शून्य राजनीतिमा रहनुभएका गोइतले मधेश आन्दोलन र संघीयताप्रति आफ्नो असन्तुष्टि रहेको जनाउनुभएको छ । उहाँको यो अभिव्यक्तिले मधेश आन्दोलनलाई झट्का लागेको छ ।
यसअघि तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूको आन्दोलनप्रति कटु आलोचना गरिसक्नुभएको छ ।

No comments:

Post a Comment