थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइरालालगायतका प्रमुख दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।उनले अधिकार प्राप्तिको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता लागिपरेको आरोप लगाए ।
थरुहट आन्दोलन दबाउन खोज्नेहरुलाई भौतिक कारबाही गरिने उनको चेतावनी थियो ।
सुनसरीको इटहरीमा शनिबार गरिएको पत्रकार सम्मेलनमा लेखीले कैलाली घटनाका मुख्य दोषी प्रधानमन्त्री कोइरालासहित प्रमुख दलका नेताहरु नै भएको आरोप लगाए ।
उनले देशघर चर्किएको थारु आन्दोलनमासमेत केही कमजोरी भएको स्वीकार गरे ।
No comments:
Post a Comment