Monday, August 24, 2015

छोरीलाई विद्यालय छाडेर घर फकिँदै गरेका घैंटे प्रहरी ‘इन्काउन्टर’मा ज्यान गयो ।



सदाझैं छोरी सिम्रिकालाई विद्यालय पुर्याउँन गएका थिए  कुमार घैंटे । छोरीलाई विद्यालय छाडेर आफ्नो ठेक्कापट्टाकार्यालयमा केही समय बसी घर फकिँदै गरेका  प्रहरी ‘इन्काउन्टर’मा  ज्यान गयो ।
 कार्यालय पुगेका उनी केहि समय बसेर सिधै कपुरधारा घर हिँडेका थिए । तर, घर पुग्न नभ्याउँदै प्रहरीसँगको मुठभेटमा गोली लागि त्रिवि शिक्षण अस्पताल पुगेका उनी कहिल्यै घर नफर्किने गरि बिदा भए ।
 घैंटे छोरीको लागि खाना बनाएर खुवाउने देखि लिएर विद्यालयसम्म पुर्याउने काम गर्थे।
असामान्य अवस्थाबाहेक अन्य व्यस्तताको समयमा पनि  फुर्सद मिलाएर छोरीको लागि समय दिन्थे। अहिले १० वर्ष पुगेकी सिम्रिकालाई आमा प्रमिला गुरुङले ३ वर्षको उमेरै छाडेर गएपछि आमाको पनि जिम्मेवारी पुरा गर्नु थियो छोरीको हेरचाहमा विषेश ध्यान दिन्थे घैंटे ।
घैंलेलाई नजिकबाट चिन्ने सामाखुसीकै स्थानीय शान्त श्रेष्ठका अनुसार प्रमिला र घैंटेबीच सात वर्षअघि नै सम्बन्ध विच्छेद भएको थियो ।  मनमुटाब सँगै घैंटे र प्रमिलाले ७ वर्षअघि कानुनी रुपमै छुट्टिएको श्रेष्ठको भनाई छ ।
दुईबीचको उमेरमा अन्तर हुँदा ‘मिस अन्डरस्ट्याण्डिङ’ हुन पुगि काठमाडौं जिल्ला अदालतमा उनीहरुबीच सम्बन्धबिच्छेद भएको । अहिले प्रमिला बेलायतमा रहेको र उनको घैंटेको परिवारसँग कुनै सम्बन्ध नभएको बताइएको छ ।
घटना घट्ने दिनसम्म बाबु (घैंटे) सँगै बस्थित सिम्रिका । राजधानीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत सिम्रिकालाई हालसम्म पनि बाबु मारिएको जानकारी छैन । ‘घटना घटेको समयमा (बिहिबार) विद्यालयमा रहेकी सिम्रिकालाई विद्यालयबाट घरमा नलगेर ठूलोबुबाको घरमा लगिएको थियो ।
सिम्रिकालाइ बाबु  जरुरी कामले मलेसिया भएको र उनी चाँडै फर्किने भनि जानकारी दिएको  छ ।
अहिले पनि बाबु ज्यूदै रहेकोमा विस्वस्त हुँदै सामान्य अवस्थामा रहेको  छ सिम्रिका । यद्यपी घटनाबारे न्यायिक छानबिन आयोग बन्ने ग्यारेन्टी भएपछि अन्तेष्टि गर्ने समयमा उनलाई सबै जानकराी दिने तयारी रहेको  छ ।
कांग्रेसका केहि सभासदको सहयोगमा न्यायिक छानबिन आयोगको माग गर्दै परिवारले अहिलेसम्म शब बुझन मानेका छैनन् । कांग्रेस सभासद जगदीश्वर नरसिंह केसीले प्रहरीले नागरिकलाई षड्यन्त्रपूर्वक हत्या गरेको आरोप लगाउँदै घटनाको न्यायिक छानबिन नभएसम्म परिवारले शब नउठाउने जानकारी दिए । संसदमा समेत छानबिन समितिको गठन हुनुपर्ने माग राख्ने सोहि पक्ष सोहि विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगमा समेत पुगेको थियो ।

No comments:

Post a Comment