Monday, August 24, 2015

प्रहरी र आन्दोलनकारीबीच दोहोरो भीडन्तमा परी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित २१ जना प्रहरी मारिए ।

कैलालीको टिकापुरमा प्रहरी र आन्दोलनकारीबीच दोहोरो भीडन्तमा परी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित चार जना प्रहरी मारिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी विश्व खड्काले प्रदर्शनले उग्र रूप लिएपछि एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशव बोहरा र एसएसपी गार्डको मृत्यु भएको बताए ।
प्रदर्शनकारीले प्रहरीमाथि घरेलु हतियार भाला र बञ्चरोले आक्रमण गरे । केही प्रहरीलाई आगो लगाएर मारे । कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको हो । ८/१० हजार संख्यामा रहेका आन्दोलनकारी छुरा, भाला, बन्चरोसहितका हतियार लिएर सडकमा उत्रिएपछि हिंसात्मक झडप भएको हो ।
प्रशासनले लगातार चार दिनदेखि लगाउँदै आएको कर्फयू र निषेधाज्ञा तोड्न खोज्दा भीडन्त भएको हो । जिल्ला प्रशासन कार्यालय टीकापुरले बिहान ११ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । थारुहट पक्षधरले टीकापुरको चारैतिरबाट निषेधाज्ञा तोड्ने प्रयास गर्दा यस्तो भीडन्त भएको हो ।
आन्दोलनकारीतर्फ ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या यकिन हुन बाँकी छ ।

No comments:

Post a Comment